ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

संविधान दिवसः कार्यान्वयनमा अझै चुनौति

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार

वि.सं. २०७२ साल असोज ३ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा राष्ट्रपति डा. रामबरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नुभएको आज आठ बर्ष पुगेको छ । संविधान जारी भएको दिनको स्मरणमा नेपालमा संविधान दिवस मनाइदै आइएको छ । संविधान जारी भएपछि मुलुकमा राजनैतिक स्थीरता, शान्ति र सुशासन कायम हुने अपेक्षा गरिएको थियो तर त्यो अहिलेसम्म हुन सकेको छैन । संविधान र व्यवस्थाप्रति नै बिमति राख्दै केही मधेशबादी दल र विप्लव नेतृत्वको नेकपा माओवादी अझैपनि आन्दोलनमै छन् । विप्लव नेतृत्वको नेकपाले बैज्ञानिक समाजवाद सहितको नयाँ संविधानका लागि बहस गर्दै आएको छ । संविधान जारी गर्दा एकठाउँमा उभिएका प्रमुख दलहरू संविधान कार्यान्वयनमा पनि एक ठाउँमा उभिन जरुरी छ । अहिलेपनि मुलुक संक्रमणकालमा छ । नेपाली जनताको लामो बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिने काममा दलहरू अहिलेसम्म चुकेका छन् । मुलुकले राजनैतिक स्थायित्व पाउन सकेन् । राजनीतिक दलहरूबीचको अन्तद्र्वन्द्वका कारण संविधानको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । राजनीतिक दलहरू मुलुकको भाग्य र भविष्य निर्माण गर्नेभन्दा पनि दलीय स्वार्थ र दलभित्रको गुट–उपगुटमा लिप्त छन् । विगत ३० बर्षदेखि मुलुकमा आलोपालो जस्तै गरि शासन गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेको काँधमाथि यतिखेर गहन जिम्मेवारी आएको छ । संविधानको भावना र मर्मलाई पूरा गर्न संसद्भित्र रहेका सबै दल र संसददेखि बाहिर रहेका केही साना दलहरूलाई समेत समेटर संविधान कार्यान्वयन गर्ने दिशातर्फ कांग्रेस र एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।

निश्चित रूपमा प्रजातन्त्रको पुनस्र्थापना पछाडि देशमा करिव तीन दशकमा तीन दर्जन सरकार वने । विडम्बना नागरिकले कुनैपनि सरकारबाट राहतको अनुभूति गर्न पाएनन् । ३० वर्ष बढीको प्रजातान्त्रिक यात्रामा मुलुक कंगाल बन्दै गयो । युवाहरू विदेसिन बाध्य भएका छन । गाउँबेसीका खेतबारीहरू बाँझिदै गएका छन । पहाड रित्तिदै छ । देश किंकर्तब्यविमूढको अवस्थामा छ । सिंहदरबारमा पुगेका राष्ट्रिय दलहरू आ–आफ्नै आपसी गुट, फुट, स्वार्थ र तनावहरूका बीचमा सरकार बनाउने र गिराउने खेलहरूमा अभ्यस्त भए । संविधान दिवस मनाउँदै गर्दा प्रचण्ड नेतृत्वको सरकार पनि फेरिने हल्ला भैरहेको छ । नेताहरू नयाँ सरकार बनाउने खेलमा अभ्यस्त हुन थालेका छन । नेताहरूलाई देशको भन्दा पनि सत्ताको मोह बढ्दो छ । संविधान सबल वनाउनेतर्फ भन्दा कमजोर वनाउने प्रयास भैरहेका छन् । सारमा यो संविधानलाई पनि असफल वनाउने प्रयास हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । नेपाली जनताले ठूलो त्याग र बलिदान गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली जनताको ठूलो आशा र भरोसा थियो । तर, जनताको आशामाथि तुषारापात भैरहेको छ ।
संविधान जारी भएको आठ बर्ष हुँदैगर्दा संविधान कार्यान्वयनमा अहिलेपनि चुनौती देखिएको छ । त्यसो त संविधान जारी भएको केही समयमै संविधानमा संशोधन गरियो तर पनि आम जनताले संविधानप्रति अपनत्व दर्शाउन सकिरहेका छैनन् । अव दलहरू मिलेर सरकार पटकपटक परिवर्तन होइन, पाँच बर्षसम्मै स्थीर सरकार बनाऔं । अनिमात्र संविधानले निदिष्ट गरेको लक्ष्य र उद्देश्य पूरा हुन सक्छ । संविधान सफल बनाउने हो भने दलहरू फुटेर होइन, एक भएर अघि बढ्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?