© २०२३
नवलपुर, २ असोज ।
पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिका अन्तर्गत नारायणी नदीमा पौडी खेल्न गएका एकै परिवारका दुई दाजुभाईको ज्यान गएको छ ।
सोमबार दिउँसो गैंडाकोट नगरपालिका ७ स्थित नारायणी नदीमा पौडी खेल्न गएका सोही वडा बस्ने सुमन कुमालका दुई छोराहरु नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुबैको ज्यान गएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
घरबाट साथीहरुसँंग नजीकैको नारायणी नदीमा पौडी खेल्न गएका मध्ये वर्ष १४ का सविन कुमाल र वर्ष ९ का संगम कुमाल पानीमा डुबेर बेपत्ता भएकोमा तत्काल उद्दार गरिएको र उपचारका लागि भरतपुर अस्पतालमा लगिएकोमा उपचारका क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।