© २०२३
कपिलवस्तु, २ असोज ।
वाणगंगा नगरपालिका–८, पुलचोकमा छोराले चिरान चौकुने काठले प्रहार गरी बाबुको हत्या गरेका छन् । सोमबार राति ११ बजेतिर २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिरान काठले प्रहार गर्दा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो । आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए ।
एक दिनअघि बुबाले छोरालाई कुटपिट गरेका थिए । बुबा छोराबीच विगतमा पनि झगडा हुँदै आएको इप्रका पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
प्रहरीले लुरेलाई राति नै घरबाट पक्राउ गरी हिरासतमा राखेको छ । मदिरा सेवन गरेर आई उनले बुबालाई काठले प्रहार थिए ।