ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

लुम्बिनी बाणिज्य र कोरिया नेपाल बहुप्राविधिक शिक्षालयसहित विद्यालय र क्याम्पसहरु पुरस्कृत हुंदै

२ आश्विन २०८०, मंगलवार
२ आश्विन २०८०, मंगलवार

बुटवल,२ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँसम्म प्राप्त गर्ने छन्।

पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरू यस प्रकार छन् :

सार्वजनिक विद्यालयतर्फ

१. देशभरका सार्वजनिक सामुदायिक विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रियस्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३,००,०००।–(तीन लाख मात्र)  नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुली।

२. द्वितीय भई राष्ट्रिय सिल्ड, ध्वजा र रू २,००,०००।–(दुई लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली।

३. राष्ट्रियस्तरमा तृतीय भई राष्ट्रिय सिल्ड, ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यान।

निजी लगानीका विद्यालयतर्फः

१. देशभरका निजी लगानीका ९संस्थागत० विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, ललितपुर।

२. द्धितीय भै राष्ट्रिय शिल्ड, ध्वजा र रू २,००,०००।–(दुई लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री सेन्ट जेभियर्स कलेज, माइतिघर,काठमाडौं–४,काठमाडौं।

३. तृतीय भै राष्ट्रिय सिल्ड, ध्वजा र रू १,००,०००।–(एक लाख मात्र)  नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री बूढानीलकण्ठ स्कूल, नारायणस्थान, बूढानीलकण्ठ–५, काठमाडौँ।

प्राविधिक शिक्षालयतर्फः

१. प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–एक लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्को आङ्गिक शिक्षालयः श्री कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर, रूपन्देही।

२.प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–एक लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषदबाट सम्बन्धन प्राप्त गरी साझेदारीको रूपमा सञ्चालित शिक्षालयः श्री मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा, मोरङ।

३. प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–एक लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषदबाट अनुमति प्राप्त गरी निजी स्तरमा प्राविधिक शिक्षा सञ्चालन गर्ने संस्थाः श्री लाईफ लाइन अस्पताल प्रालि, दमक, झापा।

४. शिक्षण संस्थाको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने विद्यालषलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–९एक लाख मात्र० नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने सामुदायिक विद्यालयः श्री आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ्।

क्याम्पसतर्फः

१. विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्ट भई रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री पुल्चोक क्याम्पस, ललितपुर ।

२.विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रूपन्देही ।

३. राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्रीकाठमाडौं मोडेल कलेज, बागबजार, काठमाडौं।

​ समाज कल्याण शिक्षा पुरस्कारतर्फ

१. सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भइ रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेः श्री एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर ।

२. सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भई रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेः श्री कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?