© २०२३
नवलपुर, १ असोज । पूर्बी नवलपरासीको गैंडाकोट नगरपालिका अन्तर्गत नारायणी नदीमा पौडी खेल्न गएका दुुई बच्चाको ज्यान गएको छ । सोमबार बिहान करिब ११.४५ बजे गैंडाकोट नगरपालिका ७ स्थित नारायणी नदीमा पौडी खेल्न गएका सोही वडा बस्ने सुमन कुमालका दुुई छोराहरु नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुबैको ज्यान गएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको हो ।
घरबाट साथीहरुसंग नजीकैको नारायणी नदीमा पौडी खेल्न गएका मध्ये बर्ष १४ का सबिन कुुमाल र बर्ष ९ का संगम कुुमाल पानीमा डुबेर बेपत्ता भएकोमा तत्काल उद्दार गरिएको र उपचारका लागि भरतपुुर अस्पतालमा उपचारका क्रममा दुुबैको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।