ट्रेंडिंग:

>> दर्जनौ खानेपानी आयोजना अलपत्र >> होटल व्यवसायीमा रमिताः भान्से हुँदै दल, भाग लगाउँदै पद ! >> नाम मात्रैको सहकारीलाई बाटो देखाउँदै जैविक कृषि सहकारी >> टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा >> आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ >> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता

तीजगीत मार्फत जल, जंगल र जमिन संरक्षणको आग्रह

३१ भाद्र २०८०, आईतवार
३१ भाद्र २०८०, आईतवार

नवलपुर, ३१ भदौ ।

तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो तर संरक्षणका कुरा भने विरलै हुने गरेका छन् ।

यसपटक भने गैँडाकोटमा जल, जमिन र जंगलको महत्व दर्शाउन १३ वटा समूहले चेतनामूलक तीज गीत प्रस्तुत गरेका छन् । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देश सहितका प्रतियोगितामा गैँडाकोटका १३ संरक्षणमुखी वन र खानेपानी संस्था÷समूहबीच घम्सा–घम्सी भएको थियो ।

केहीले ‘जताततै प्लटिङ बसेको छ बाँझो खेत, भोकमरीको चपेटामा पर्ने हो की देश’ भन्दै चिन्ता व्यक्त गरेका थिए । केहीले ‘हिरा, मोती, सुन फल्छ हाम्रो देशको माटोमा, अवरोध नपु¥याऔ है हिड्ने बाटोमा’ भन्दै सजग गराएका थिए । केहीले भने ‘जल, जंगल जमिनसँगै जोडिएको जीवन, सफा बनाऔँ, वातावरण स्वस्थ नै हो धन’ भन्दै सन्देश समेत दिएका थिए ।

प्रकृति संरक्षण तथा जैविक विविधताका लागि फेमिली क्याफे गैँडाकोट ४ मा भएको ‘जल, जमिन, जंगलको संरक्षण ः सफा र सुन्दर पर्यावरण’ विषयक तीज गीत प्रतियोगितामा जयश्री सामुदायिक वन प्रथम हुन सफल भएको छ ।

गैँडाकोट पम्पीङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वितीय भएको छ । नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था तृतीय हुन सफल भएको छ । सान्त्वना पुरस्कार नारायणी सामुदायिक वनले प्राप्त गर्न सफल भएको छ । प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वनालाई ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक एवं सहमतिका कोषाध्यक्ष तारादेवी शर्माले बताईन् ।

कार्यक्रममा बोल्दै गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले पर्यावरण संरक्षणमा गरिएको सन्देशमूलक तीज गीत कार्यक्रम प्रशंसा योग्य रहेको बताईन् । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गीत तथा नाचका माध्यमबाट सूचना दिँदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले जल, जमिन र जंगलको संरक्षणसँगै सरसफाइ सम्बन्धी सचेतना फैलाउन तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव, गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, जयश्री वनका अध्यक्ष टोलनाथ घिमिरेले वन र खानेपानी संरक्षणबारे भनाइ राखे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission