ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

पक्राउ परेनन् अनाधिकृत रुख काट्ने जनप्रतिनिधि

३१ भाद्र २०८०, आइतबार
३१ भाद्र २०८०, आइतबार

बर्दघाट, ३१ भदौ ।

अनाधिकृत रुख कटान गरेका जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी जारी भए पनि पुर्जी जारी भएको लामो समय सम्म पक्राउ पर्न सकेका छैनन् । एकता सार्वजनिक जग्गा ब्यवस्थापन समितिले प्रतापपूर गाउँपालिका वडा नम्बर ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गरेको मुद्दामा प्रतापपुर गाउँपालिका कार्यपालिका सदस्य खेम नारायण चौधरी, वडा नम्बर ९ का सदस्य विरेन्द्र कुमार चौधरी र सोही वडाका दशबहादुर चौधरी विरुद्ध मुद्दा दायर गरेको थियो ।

आरोपितहरुलाई पक्राउ गर्नको लागि भदौ १३ गते जिल्ला अदालत पश्चिम नवलपरासीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेको १७ दिनसम्म पनि उनीहरु पक्राउ परेका छैनन् । जनप्रतिनिधि नै रुख कटानमा सँलग्न रहेकोले पक्राउ नगर्न र कारवाही अघि नबढाउन आलटाल गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

कटान छपान स्वीकृतीविना रुख कटान भएपछि जिल्ला वन कार्यालयले कारवाही प्रकृया अघि बढाएर मुद्दा दायर गरेको थियो । जिल्ला वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले आरोपितहरुको खोजी भइरहेको र कानुनी कारवाहीको लागि मुद्दा प्रकृया समेत अघि बढेको बताए ।

जिल्ला वन कार्यालयले प्रतापपुर सुस्ता सव डिभिजन वन कार्यालय फेँचुवाका प्रमुख चिन बहादुर यादवलाई अनुसन्धान अधिकृत तोकी आरोपितहरुको खोजतलास गरेको वाग्लेले बताए । घटना भएको लामो समयसम्म आरोपितहरु किन पक्राउ परेनन् भन्ने जिज्ञासामा यादवले कानुनी प्रकृयाहरु पुरा गरी कारवाही अगाडि बढाउँदा पक्राउ गर्न ढिलो भएको बताउँदै जिल्ला वन कार्यालय, सेक्टर वन कार्यालय र प्रतापपुर सुस्ता सव डिभिजन कार्यालयको टोलीले खोजी गरिरहको र पक्राउ परेपनि नपरेपनि मुद्दा प्रकृया अघि बढाइने बताए ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्नका लागि सहयोग गरिदिन भदौ १५ गते वन कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो । वनको विषयमा प्रहरीले हस्तक्षेप गर्न नमिल्ने तर सहयोग मागेको खण्डमा प्रहरी सहयोग गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए । स्थानीय जनप्रतिनिधिहरुलाई विभिन्न कार्यक्रममा सहभागी भएको देखिए पनि वन कार्यालयले फेला पार्न नसकिएको भन्नु लज्जास्पद भएको स्थानीय काशी हरिजनले बताए ।

गण्डक नहर क्षेत्रमा लगाइएका ४९ वटा रुख काटिएको विषय विवादित भएसँगै अदालतबाट पक्राउ पुर्जीसम्म जारी भएको छ । काटिएका रुखहरु प्रतापपूर गाउँपालिका वडा नम्बर ९ को जिम्मामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?