© २०२३
बुटवल,३० भदौ । ज्ञानपुञ्ज बोर्डिङ स्कूल बुटवलले हरितालिका तीजको अवसर पारेर विद्यालयमा अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यार्थी को अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त प्रतियोगितामा प्रत्येक सदनले कक्षा १–३‚ ४–६ र ७–९ तह गरि तिन तिन तहमा १२ वटा गित तथा नृत्य प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा ग्रीन सदन प्रथम‚ ब्लु सदन द्वितीय र रेड सदनले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । उत्कृष्ट हुने सफल विद्यार्थीलाई प्राचार्य तोयाराम पौडेल‚ सभाध्यक्ष हिमलाल न्यौपाने र इसीए प्रमुख हरि भट्टराइले सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए । आजै विद्यालयका गुरुहरुले विद्यालयमा अध्यापन गराउने महिला शिक्षक तथा परिचारिकाहरुलाई तीजको विशेष दर खुवाउने कर्यक्रम पनि सम्पन्न गरेका छन् ।
कार्यक्रमममा महिला शिक्षक द्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्राचार्य तोयाराम पौडेलले तीज नारीमैत्री पर्व भएकाले नारी स्वतन्त्रताको प्रतीकको रुपमा परम्परादेखि मानिदै आएको बताए ।
आधुतिकताका नाममा होटेलमा बियर खाएर १ महिनासम्म तीज मनाउने विकृति आएकाले यसलाई तुरुन्त नहटाए भविष्यमा कु–प्रथाको रुप लिने उनले बताए । कार्यक्रममा हरि भट्टराइ‚ लक्ष्मी न्यैपाने‚ मिरा क्षेत्री लगायतले तीजको महत्व वारे प्रकाश पारेका थिए ।