© २०२३
तिलोत्तमा, २९ भदौ ।
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ मा तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षगत प्रतियोगितामा कक्षा १ बाट अनुस्का नेपाली उत्कृष्ट, कक्षा २ बाट जेनिशा, कक्षा ३ बाट प्रकृती पन्थी र कक्षा ४ बाट प्रतिष्ठा पाण्डे उत्कृष्ट डान्सर भएका छन् ।
यसैगरी तहगत प्रतियोगितामा कक्षा ७, कक्षा ८ र कक्षा १० ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । प्रतियोगितामा कक्षा ४ का सगुन गाहा उत्कृष्ट डान्सर घोषित भए ।
कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य संगिता गौतम अर्याल, विद्यालय व्यवस्थापन समितिकै सदस्य अम्बिका खराल, विद्यालयका प्रावि संयोजक रिना शर्मा, शिक्षका अमिशा रानालगायतले विद्यार्थीहरुको प्रतिभाको प्रशंसा गरेका थिए ।
प्रतियोगितामा नृत्य प्रशिक्षक सानु थापा मगर, शिक्षिका सन्जना श्रेष्ठ, सरिता गौतम र रोसु बस्नेतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।