ट्रेंडिंग:

>> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर)

बाल दिवसको अवसरमा गैंडहवा–५ मा वक्तृत्वकला प्रतियोगिता

२९ भाद्र २०८०, शुक्रबार
२९ भाद्र २०८०, शुक्रबार

गैंडहवा, २९ भदौ ।

५९ औं राष्ट्रिय बाल दिवसका अवसरमा रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर ५ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीको अन्तर्निहित क्षमता प्रष्फुटन गर्ने र बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने विषयमा विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम गरिएको हो । वडास्तरीय बाल क्लव र साथी सञ्जाल नामक संस्थाको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा १७ वटा विद्यालयले भाग लिएका थिए ।

प्रतियोगितामा सिद्ध लुम्बिनी इङलिस बोर्डिङ स्कुलकी अन्जनी गुप्ता प्रथम, विष्णुपुरा माविकी रोसनी यादव द्वितीय, विष्णुपुरा माविकै रोसनी कहाँर तृतीय र दिव्यज्योती इङलिस बोर्डिङ स्कुलकी इन्द्रकला गुप्ता सान्त्वना भएका छन् ।

यसअघि कार्यक्रमको उदघाटन गर्दै गैंडहवा गाउँपालिकाकी उपाध्यक्ष माधुरी जैसवालले बालमैत्री समाजले मात्र बालबालिकाको समुन्नत विकास हुने र उनीहरुको भविष्य उज्ज्वल हुनेभन्दै गाउँपालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाइरहेको बताइन् । बाल अधिकार हनन् हुन नदिन र संविधानमा व्यवस्था भए बमोजिम उनीहरुले पाउने अधिकार प्राप्तीका लागि अभिभावकसँगै सिंगो समुदाय पनि सचेत हुनुपर्नेमा उनले जोड दिइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले वक्तृत्वकला प्रतियोगिताले बालबालिकामा व्यावहारिक अभ्यास हुने, उनीहरुको सिर्जनात्मक विकास हुने र अधिकारका बारे सचेत हुने मौका पाउने बताए ।

प्रतियोगिता उदघाटनका अवसरमा बोल्दै गैंडहवा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विजयकुमार शर्माले आफ्नो वडामार्फत भए गरेका कामबारे प्रकाश पार्दै वडाबाटै सुत्केरी तथा अन्य बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको, गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा र कृष्ण आधारभूत स्वास्थ्य केन्द्रबाट अति गरीब दलितलाई वडाबाट विद्युत मिटरको निःशुल्क व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा विष्णुपुरा साथी सञ्जालका कोषाध्यक्ष राजनन्दनी हरिजन, बाल क्लवका अध्यक्ष विश्वास शर्मा, निर्णायक मण्डलका श्रीकृष्ण यादव, सरिता हरिजनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?