Butwal Today

छोराद्वारा बाबुको हत्या

२९ भाद्र २०८०, शुक्रबार
अ+
अ-

दाङ, २९ भदौ ।

दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीले आफ्ना बुवा ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।

बिहीवार मादक पदार्थ सेवन गरेका छोराको निर्घात कुटपिटबाट बुवा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिहीवार नै मृत्युु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । कुटपिटमा संलग्न छोरा सन्तोष केसीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।