© २०२३
काठमाडौं,२९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन्।
शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आइआई सिनेमा हलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताए।
अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढे मात्रै अर्थतन्त्र चलायमान बन्ने बताए। उनले कोरोना महामारीपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले एउटा कलाकारले मिहिनेत गर्यो भने सिनेमा हलको मालिक पनि हुनसक्ने रहेछ भन्ने स्पष्ट म्यासेज गएको बताए।