© २०२३
लमही,२९ भदौ । हिन्दु महिलाहरूको महान चाडको रूपमा तीजलाई लिइने गरिन्छ । यो पर्व परम्परादेखि मनाउँदै आएको पर्व पनि हो । यस पर्वले सामाजिक र धार्मिक महत्व राखेको छ । सामाजिम रूपमा विवाहित महिला र माइती विचको मिलनलाइ लिइन्छ भने धार्मिक रूपमा साधना तपस्याको रूपमा पनि लिने गरिन्छ । सामाजिक रूपमा पक्कै पनि माइतिवाट टाढा भएका चेलीहरू माइत जानको तीज एउटा अवसर हो भने व्यस्त कामका बावजुद अन्य समयमा नसम्झीए पनि चेलीलाई माइतीले सम्झना गर्ने माध्यम पनि हो ।
अर्कोतिर तीज पर्वको अवसरमा महिलाहरूले आफू माथि भएका सवैखाले हिंसा, विलौना देखि समाजिमक रूपमा देखिएका विकृति विसंगतीहरूको गित मार्फत खबदारी अवसर भएकोले यो पर्वलाइ वकालतको पर्व पनि भनिन्छ । धार्मिक रूपमा कैलाश पर्वतकी छोरी पार्वतीले महादेश पति प्राप्त गर्नका लागि निहार वर्त वसेकोले महादेव प्राप्त गरेको भन्ने किंवदन्ती रहँदै आएको छ । यसरीनै यो पर्व महिलाहरूको अधिकारको वकालत गर्ने पर्वका रूपमा लिने गरिन्छ । वर्त वस्नका लागि तीजको अघिल्लो दिन राती गरिने भोजनलाई नै दरको रूपमा लिने गरिन्थ्यो । यद्यपि सयम परिर्वतनसँगै हाम्रा चाड पर्व मनाउने शैलीमा निक्कै परिवर्तन आउन थालेको छ । सयम सापेक्षित हुनु स्वभाविकै हो । तर पनि जसरी पछिल्लो समयमा देखिएका दर खाने गतिविधिले हाम्रो पर्व माथिनै प्रश्न उठ्न भन्ने बारेमा विज्ञहरू चिन्तित देखिन थालेका छ ।
नागरिक समाज दाङका संयोजक निम वहादुर थापा भन्छन्, चाडपर्वका मौलिकतालाई बंगाउन खोजिँदै छ । हो संरक्षण गरिनुपर्छ तर दरका नाममा महिना दिन अगाडिबाट पार्टी,प्यालेसमा देखिएका दृष्यहरूले हाम्रो समाज कता जाँदैछ भन्ने चिन्ता एकातिर अर्कोतिर मंहगो गरगहनाले पारिवारिक विकृति निम्तने होकि भन्ने समस्या संकेत देखिन थालेको वताए । चाडपर्व पनि हुँदा खाने र हुने खाने विचको विभेद देखियो यो पक्कै पनि सकारात्मक होइन थापाले भने । सभ्य मौलिकतामा रमाउनु पर्छ उनले भने ।
उनी जस्तै महिला अधिकारकर्मी लमहीकी दुर्गा वली पनि पछिल्लो समयमा तीज पर्वलाई लिएर महिलाहरूमा देखिएका गतिविधी समाजका लागि मंहगो र द्वन्द्व निम्ताउने खालका भएको बताउँछिन् । हामीले मौलितालाई बचाई राख्नुपर्छ । तीजको अघिल्लो दिनको राती खाने परिकारलाई दर भनिन्छ । यहाँ त महिलाहरू महिनौं दिन अगाडिबाट दर खान शुरु भएको छ । आर्थिक रूपमा सम्पन्न महिलाहरूका लागि खासै असर नपर्ला तर गरिखानेहरूका लागि यो बोझ बन्न सक्छ उनले भनिन् । पछिल्लो समयमा देखिएका गतिविधी कतै सोभनिय छैनन् ।
महिलाहरूले पार्टी, प्यालेसमा खाने दरका कार्यक्रमलाई वन्द गरिनु पर्छ । तीज मिलन भनेर सवैलाई मान्य हुने गरि कार्यक्रम गर्न सकिन्छ तर गरगहना र पोशाकको प्रदर्शन गरिनु राम्रो होइन । उनीहरू मात्र होइन पछिल्लो सयममा तिज पर्वको असरमा देखिएका गतिविधिले समाजलाई निरासा बनाउन थालेको सामाजिक अभियान्ता चिन्तित हुन थालेका छन् । चाडपर्वका मौलितालाई बचाइ राख्न भन्दा पनि समाप्त पार्दै महिलाहरू खानपानमा मात्र रमाउन थालियो भने फेरी पनि महिला माथि प्रश्न उठाने ठाउँ दिनु हुदैन ।