© २०२३
सल्यान, २८ भदौ ।
नेपाली गीत संगितको क्षेत्रमा सल्यानकी चेली करुणा ओलीको स्वर रहेको नयाँगीत सार्वजनिक भएको छ । प्रेमिल जोडीको मायाँ प्रेमको सन्दर्भ रहेको गीत “मलाई मायाँ गर्छाै र ओइ” सार्वजनिक भएको हो । सामाजिक सञ्जालबाट उदाएका मठु गुरुङले करुणासंगै यस गीतमा स्वर भरेका छन् ।
सल्यानमा जन्मिएर विगत १६ वर्षदेखि काठमाडौँमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय करुणाले सांगीतिक क्षेत्र प्रवेशको अवसरकोे पर्खाइमा रहेका गोरखाका मठु गुरुङलाई गीतका लागि अवसर दिएकी छिन् । सञ्चारकर्मी टीका बस्नेतले रचना गरेको गीत स्वयम् करुणा ओलीको संगीत रहेको छ ।
म्युजिक भिडियोमा जीसु कोइराला, रेनुका खड्का, कृष क्षेत्री लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् भने भिडियोको डिरेक्टर तिलक ठकुरी रहेका छन् । चर्चित युट्युवर भाग्य न्यौपानेको च्यानलमार्फत आएको गीत “मलाई मायाँ गर्छाै र ओइ” लाई दर्शक श्रोताले रुचाईरहेका छन् ।