© २०२३
बुटवल, २८ भदौ ।
बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका बिद्यार्थीहरुले सरसफाई कार्यक्रम गरेका छन् । स्कुलमा गठित इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम स्कुलको वरिपरि र योगिकुटीदेखि मझुवा स्थित भुवनसिंह मार्गको डेढ किलोमिटर र पुर्व देवसिद्धनगरको एक किलोमिटर सडकमा सरसफाइ गरिएको थियो ।
वातावरणलाई स्वच्छ राख्नुपर्ने र डेङ्गु नियन्त्रण गर्ने अभियान स्वरुप यो कार्यक्रम गरिएको बाल क्लबकि अध्यक्ष नेहा भारीले जानकारी दिइन् ।
कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी रहेको कार्यक्रममा विद्यार्थीहरुले सडक वरपरका घरहरुका मानिसहरुलाई वातावरण प्रदुषित नगर्न र प्लास्टिकजन्य फोहोरहरुलाई जथाभावी नफाल्न समेत अनुरोध गरेका थिए । स्कुलको बाल क्लबद्वारा बिहीबार बिहान संचालन गरिएको कार्यक्रम बालदिवसका अबसरमा गरिएको स्कुलका अतिरिक्त क्रियाकलाप सम्योजक सुरज बिकले जानकारी दिएका थिए ।