Butwal Today

सर्पले टोक्दा १८ वर्षीय युवाको मृत्यु

२८ भाद्र २०८०, बिहीबार
अ+
अ-

चन्द्रौटा(कपिलवस्तु), २८ भदौ ।

कपिलवस्तुमा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजको मृत्युु भएको हो । उनलाई करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले टोेकेको थियो ।

सर्पले टोकेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजको मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

मृतक भुजलाई बिहीबार बिहान साढे ६ बजे सर्पदंश उपचार केन्द्र पु¥याइएको थियोे । गोरुसिङ्गेबाट बुटवल रिफर गरेपछि बाटोमै मृत्युु भएको जनाइएको छ ।