© २०२३
बुटवल, २६ भदौ ।
बुटवल–९ मिलन टोल विकास संस्थाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई दर खुवाउने कार्यक्रम गरिएको छ । हरितालिका तीजकोृ अवसरमा बुटवल ११ रंगशालामा रहेकोे अपाङ्ग आश्रममा तीज मिलन तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।
जताततै तीजको रौनक छाइरहेको बेला हरेक अवस्थाबाट आफ्ना परिवारबाट टाढा भइ अपाङ्ग आश्रम आइपुगेका अनाथ तथा अपाङ्गता भएकाहरुसङ्ग एक दिन सँगै दर खाँदा आत्मसन्तुष्टि हुने र सामाजिक संस्थाको दायित्व पनि रहेको दर खुवाउने कार्यक्रम गरिएको संस्थाका अध्यक्ष कमला बस्नेत कुँवरले बताइन् ।
समाजिक सँघसंस्थाले बेलाबेला स्वतःस्फुर्त रुपमा यसरी गरेको सहयोगले आफ्नो छाक टार्न सहज हुने अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुरले बताए । १७ हजार रुपैयाँ बराबरको खर्च भएको कार्यक्रममा ४२ जना सहभागी थिए । कार्यक्रममा मिलन टोल विकास संस्थाका जेष्ठ सदस्य कुन्ता बश्याल, सचिव रुपा बश्यालको समेत कार्यक्रममा सहभागिता थियो ।