© २०२३
दाङ, २६ भदौ ।
पालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा वार्षिक समिक्षा कार्यक्रम भएको हो । राप्ती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय, राप्ती आँखा अस्पताल, राप्ती लाइफ केयर, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य संस्था, तुलसी अस्पतालले एक वर्षको अवधिमा गरेका क्रियाकलापका विषयमा समीक्षा गरिएको हो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले पालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए । शर्माले मेट्रो अस्पताल, स्मार्ट छोरी, सुत्केरीलाई पोषणजस्ता स्वास्थ्य क्षेत्रमा अन्य पालिकाका लागि समेत काम लाग्ने बताए । उनले कोडिभ जस्तो महामारीका समयमा समेत पालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरेको स्मरण गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले स्वास्थ्यको क्षेत्रमा राम्रो काम भएको बताए । जनताले सहज र सरल तरिकाबाट स्वास्थ्य सेवा दिएकोमा स्वास्थ्य संस्थालाई धन्यबाद दिएका थिए ।