© २०२३
देवदह, २५ भदौ ।
रुपन्देहीको देवदहमा आत्महत्या रोकथाम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । केरवानी स्वास्थ्य चौकीको आयोजनामा “आशा जगाऔं जीवन बचाऔं” भन्ने मूल नारा सहित विश्व आत्महत्या रोकथाम दिवस–२०२३ को अवसरमा आत्महत्या रोकथाम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको हो ।
देवदह नगरपालिका वडा नं. २ का वडाअध्यक्ष तथा केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह मेडिकल कलेजमा एसिस्टेन्ट प्रोफेसरको रुपमा कार्यरत वरिष्ठ मनोरोग विशेषज्ञ डा. राजेश श्रेष्ठले आत्महत्याको परिचय, आत्महत्या गरिनुका कारण, आत्महत्या गर्नुअघि देखिने लक्षण तथा चिह्नहरु, पहिचान तथा रोकथामका उपायहरू र आत्महत्या रोकथाममा विभिन्न निकायहरुको भूमिका लगायत विषयमा प्रशिक्षण दिएका थिए ।
उनले आत्महत्या एक मनोरोगको कारण भएका कारण समयमै मनोरोग पहिचान हुन सकेमा आत्महत्यालाई न्युनीकरण गर्न सकिने प्रस्ट पार्नुभएको थियो ।
उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नं. २ का जनप्रतिनिधि, स्थानीय बुद्दिद्धजिवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, टोल सुधार समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा देवदह २ का जनप्रतिनिधि अण प्रसाद न्यौपाने, देवदह नगरपालिका वडा नं ३ सिसपुर आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज डिलेश्वर श्रेष्ठ, सेभेन स्टार इङ्गलिस बोर्डिङ्ग स्कूलका प्रध्यानाध्यापक टिकाराम चापागाई लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम सिनियर अ.न.मि. भगवती भन्डारी र केरवानी स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले पनि बोलेका थिए । स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले यो कार्यक्रमलाई अभियानकै रुपमा विभिन्न स्कुल तथा समुदायमा पनि पुर्याउने जानकारी गराएका थिए ।