© २०२३
कपिलवस्तु, २४ भदौ । कपिलवस्तु उद्योग बाणिज्य संघ र दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भगिनी सम्बन्ध कायम भएको छ । शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरे र गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका सदस्य चिराग देसाईले पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध कायम गरेका हुन । सो अवसरमा बोल्दै देसाईले दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले सन् १९४० गुजरातको उद्योग बाणिज्य क्षेत्रमा सेवा दिइरहेको बताए । विश्वको हीरा काट्ने केन्द्र र भारतको सबैभन्दा प्रख्यात मानव निर्मित कपडा उद्योगको रूपमा सुरतको प्रख्यातताले शहरलाई विश्वव्यापी नक्सामा राखेको उनले बताए । उनले कपिलवस्तुमा उत्पादित सामग्रीदेखि पर्यटनलाई बढावा दिने बताउदै अब दुई संघबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिल्ने बताए ।
कपिलवस्तु उद्योग उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले कोरोना पछि नेपालको अर्थतन्त्र संकटमा परेको बताए । व्यापार व्यवसायमा ठूलो क्षति पुगेको जनाउदै कपिलवस्तुमा उत्पादित सामग्रीको निर्यातमा हातेमालो गर्न अपिल गरे । गौतम बुद्धको बाल्यकाल र युवा अवस्थाको २९ बर्ष बिताएको कपिलवस्तुको प्रचारप्रसारमा पनि भगेनी सम्बन्धले सहयोग पुग्ने बिश्वास व्यक्त गरे । संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले उद्योग व्यापार क्षेत्रको प्रवद्र्धनमा भगिनी सम्बन्धले सहयोग पुग्ने बताए ।