© २०२३
बुटवल, २४ भदौ ।
नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन् । वीरगञ्जमा शनिबार भएको निर्वाचनमा खण्डेलवाल विजयी भएका हुन् ।
खण्डेलवालले अर्का प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई १७ मतले पछि पार्दै जित हासिल गरेका हुन् । निर्वाचनमा १९५ जनाले मतदान गरेका थिए । जसमा खण्डेलवालले १०४ मत पाएका थिए भने श्रेष्ठले ८७ मत ल्याएका थिए ।
वीरगञ्जमा शनिबार अपरान्ह १ बजेदेखि ५ बजेसम्म मतदान भएको थियो । संघको ५० औँ स्थापना दिवसका साथ स्वर्ण महोत्सव मनाएको एनसीडीएले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छान्न शुक्रबारदेखि वीरगञ्जमा १४ औँ राष्ट्रिय अधिवेशनको आयोजना गरेको थियो ।
निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेलले १४१ मत ल्याएर जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत ल्याएका थिए । खरेल कामना ड्रग्स तथा पुष्पा फार्मा बुटवलका सञ्चालक हुन् ।
यस्तै केन्द्रीय उपाध्यक्ष आयाततर्फ रामचन्द्र शर्माले १११ मत ल्याएर विजयी भए भने शेखर श्रेष्ठले ७३ मत ल्याए । यस्तै केन्द्रीय उपाध्यक्ष थोकतर्फ टंक प्रसाद अधिकारीले १३० मत ल्याई विजयी भए भने प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ५१ मत प्राप्त गरे ।
केन्द्रीय उपाध्यक्ष खुद्रातर्फ यामनाथ पौडेल १०७ मत सहित विजयी भएका छन् । निटकतम प्रतिद्वन्दी हरि प्रसाद विडारीले ८१ मत प्राप्त गरे ।
महासचिवमा श्रीधर खनाल ९७ मत सहित विजयी भए भने प्रशान्त मानन्धरले ९० मत ल्याए । केन्द्रीय कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मत सहित विजयी भए भने प्रतिष्पर्धी राजेशकुमार प्रधानले ८९ मत ल्याए ।
केन्द्रीय सचिवमा कृष्णबहादुर रोकायले १०७ मत ल्याउँदा श्रृजन कुमार भट्टराइले ८७ मत ल्याए । यस्तै केन्द्रीय सदस्य खुलातर्फ बद्री खनाल १३१, भुवनेश्वर बुढामगत ९५, गेहेन्द्रप्रसाद मिश्र ८१, कञ्चन शर्मा खतिवडा १०५, सरला कुमारी विष्ट १३५, मुकुन्दकृष्ण श्रेष्ठ ६३, अविनाशकुमार पाण्डेय ५७ मत ल्याएका छन् ।
हेरौँ चुनावी नतिजाः