ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

बल्कोट अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको तीजमिलन

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

बुटवल, २३ भदौ ।

बल्कोट अर्घाखाँची – रुपन्देही सम्पर्क समाजको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

समाजको स्थापनादेखि विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएकोमा आगामी दिनमा यस्ता कार्यक्रमहरु जन्मभूमि बल्कोटमा नै पुगेर गर्नको लागि छत्रदेव गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तेज प्रसाद खनालले अनुरोध गरेका थिए । गाउँमा बाँदर र बँदेल आतंक तीव्र गतिमा फैलिएको र यसलाई समाधान गर्नका लागि शहर केन्द्रित भएको बौद्धिक जनशक्तिको सहयोगको अपेक्षा सिङ्गो पालिकाले गरेकोले समाधानका उपाय खोजी गरेर मातृभूमि फर्किन उनको अपिल थियो ।

कार्यक्रममा राष्ट्र बैंक सिद्धार्थनगरका उप निर्देशक जीवन प्रकाश पाण्डेले यसप्रकारका कार्यक्रम सधैंभरि गरिरहन र संस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा लाग्नुपर्नेमा जोड दिएका थिए । समाजका निवर्तमान अध्यक्ष दिपक पन्थीले आफ्नो शुभकामना मन्तव्य दिदै तिजको पर्वको मौलिकतामा आधुनिकता भित्रिएको र यसले नेपाली समाजमा चरम पुँजीवादी व्यवहारको विकास गरेकोले यस्ता कार्यक्रम मार्फत गलत तत्वलाई निस्तेज पार्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सस्थाका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आजीवन सदस्यहरु, विभिन्न विषयगत उपसमितिहरु, निवर्तमान कार्य समितिलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार दिपु मगर र कल्पना कुसुमले सांस्कृतिक प्रस्तुति मार्फत उपस्थित सम्पूर्ण दिदिबहिनीहरुलाई छमछमी नचाएका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष रुपलाल पन्थी, महिला उपसमिति संयोजक मञ्जु भुसाल पन्थी, सल्लाहकार नवराज श्रेष्ठ, कोषाध्यक्ष हरि न्यौपाने लगायतले तिज पर्वको शुभकामना मन्तव्य दिएका थिए ।

समाजले जन्मभुमि प्रतिको आफ्नो उत्तरदायित्व कहिल्यै नभुल्ने र आगामी दिनमा बल्कोटमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने र त्यहाँको कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि सधैं प्रयत्नशील रहेको अध्यक्ष मोहन भट्टराईले बताए । त्यस अवसरमा सचिव समाजसेवी धुर्व सापकोटा,कार्यक्रम संयोजक सस्थाका कोषाध्यक्ष हरि न्यौपाने लगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?