ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

रेडियो मुक्तिको तीज गीत प्रतियोगितामा इङ्गुरिया दिदिबहिनी समूह प्रथम

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

बुटवल, २३ भदौ ।

रेडियो मुक्ति बुटवलको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा सैनामैनाको इङ्गुरिया दिदिबहिनी आयआर्जन महिला समूह प्रथम भएको छ ।

खानेपानी, सरसफाई र स्वच्छता, समावेशी सहभागिता सहितको लैङ्गिक समानता बिषयक आयोजना गरिएको प्रतियोगितामा रुपन्देही र पाल्पाका ७ टिमको सहभागिता रहेको थियो ।

७ टिम मध्ये इङ्गुरिया दिदिबहीनी आयआर्जन महिला समूह प्रथम भएको हो । प्रथम भएको महिला समूहले नगद २५ हजार प्राप्त गर्न सफल भयो । त्यस्तै ज्योति जागृति आमा समूह तिनपाले द्वितीय स्थान हासिल गर्दै रु २० हजार रुपैयाँ र प्रमाणपत्र, तृतीय हुन सफल प्रगतिशिल आमा समूह बुटवल बमघाटले रु १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारेको छ ।

प्रोत्साहन पुरस्कार सयपत्री आमा समूह तिनाउ गाउँपालिका पाल्पाले प्राप्त गरेको छ । सयपत्रीले रु १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । सबै बिजेता समूहलाई र उपबिजेता समूहलाई रेडियो मुक्तिका अध्यक्ष दिपु पोखरेल र बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पुरस्कार र प्रदान गरेका थिए ।

प्रतियोगितामा गायक तथा सर्जक नारायण खनाल लेकाली, गायिका कल्पना कुसुम र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट आनिक राना निर्णायक रहेका थिए ।

कार्यक्रममा कलाकारहरु नारायण लेकाली, कल्पना कसुम, प्रचण्ड जिसी, दुर्गा नेपाल र पत्रकार निरु गौतमले तिजका भाका गाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यसअघि कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेबि अर्यालले उदघाटन गरेकी थिईन् ।

महिला समानताका लागि संचार अभियानद्वारा संचालित रेडियो मुक्ति ९५.५ बुटवल वि.सं २०६५ सालमा महिलाहरुद्वारा संचालनमा आई निरन्तर सञ्चारको माध्यमबाट लैंिगक समानता, महिला सशक्तीकरण लगायतको क्षेत्रमा आवाज बिहिनको आवाज बुलन्द गर्दै आएको छ ।

रेडियो मुक्ति ९५.५ बुटवल हाल १ सय ५२ जना संस्थापक महिला सदस्यद्वारा संचालित रहेको छ । उक्त कार्यक्रममा रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?