© २०२३
बुटवल, २३ भदौ ।
तितेपाती महिला बचत तथा क्रृण सहकारी संस्थाको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर आफ्ना शेयर सदस्य बीच तितेपाती सहकारीले तीज मिलन कार्यक्रम गरेको हो । कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले गरेकी थिइन् । त्यस अवसरमा उनले तीज पर्वको मौलिकतालाई जोगाउँदै जाननुपर्ने बताउँदै समय परिस्थिति अनुसार तीज मनाउने प्रचलन पनि फेरिंदै गएको बताइन् ।
उनले पछिल्लो समय समाज परिवर्तन हुने गरी महिलाहरुले गीतमार्फत सामाजिक रुपान्तरणको अभियान चलाएको भन्दै संविधानले संस्थागत गरेका महिलाका हक अधिकारलाई गीतमार्फत उजागर गर्ने काम समेत भएको बताइन् ।
कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष कमला बस्नेत कुँवरले एक आपसमा सुख दुख साट्ने वर्षको एकपल्ट संस्थाका शेयर सदस्यहरुका बीचमा मनोरन्जन प्रदान गर्ने गरी कार्यक्रम गरिएको बताइन् ।
कार्यक्रममा सस्थाकी सचिव गौरा केसीले तीज पर्वले महिला शेयर सदस्यहरुका बीचमा एकता ल्याउने काम गरेको बताइन् । कार्यक्रममा कलाकार कल्पना कुसुमले विभिन्न गीत मार्फत उपस्थित महिलाहरुलाई मनोरन्जन प्रदान गरेकी थिइन् । त्यस अवसरमा कुर्ची दौड कार्यक्रम समेत गरिएको थियो ।