Butwal Today

दुई बेपत्ता, अवस्था अज्ञात

२३ भाद्र २०८०, शनिबार
अ+
अ-

नवलपुर, २३ भदौ ।

पुर्वी नवलपरासीमा एक पुरुष बेपत्ता भएका छन् भने एक पुरुष खोला तर्ने क्रममा खोलाले बगाएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका ५ पाङ्ग्रेघाटका रुमबहादुर विरकट्टा मगर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

पाङग्रेघाट घर भएका ५१ वर्षीय रुम बहादुर विरकट्टा मगर शुक्रबार रातिदेखि वेपत्ता भएको परिवारले बताएको छ । मगर गत भदौ २१ गते कावासोती नगरपालिका ४ हसौरा स्थित भिजन चर्चमा आएको र सोही दिन राति ११ बजेको समयमा उठेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल सम्म पनि घर परिवार तथा कुनै पनि आफ्न्तहरुकोमा समेत सम्पर्कमा नरहेको र घर परिवारले खोजी गर्दा कहीँ कतै फेला नपरेको परिवारका सदस्यले बताए ।

यसैगरी जिल्लाको बुुलिङटार गाउँपालिका र गैडाकोट नगरपालिकाको बीचमा पर्नै तरङ्गा खोला तर्ने क्रममा शनिबार तनहुँ कोटबैदीका एक ५६ बर्षीय पुरुषबेपत्ता भएका छन् । निजको खोलाले बगाएर कालीनदीमा पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?