© २०२३
बुटवल, २३ भदौ । अर्घाखाँची जिल्लाको साविक धतिवाङ गाबिस (पाणिनी गाउँपालिका) बाट रुपन्देहीमा बसोबास गर्ने महिलाहरु बिच तीज मिलन कार्यक्रम गरिएको छ । सास्कृतिक पर्व हरितालिका तिजको अवसर पारेर धातिवाङ–रुपन्देही संपर्क समाजले बुटवलमा तीज मिलन कार्यक्रम गरेको हो ।
आपसी भाईचारा र सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित धातिवाङ–रुपन्देही संपर्क समाज स्थापना गरि सामाजिक कार्यहरुमा अग्रसर हुदै आएको संस्थाका कार्यबाहक अध्यक्ष नमराज पौडेलले बताए । अर्घाखाँचीको कला संस्कृतिको संरक्षण, आपसी सद्भावलाई रुपन्देही र धतिवाङ बिच जोड्ने पुलको काम गर्दै आएको उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै धतिवाङ वार्ड —६ का वडा अध्यक्ष कृष्ण पौडेलले बसाईसराईसंग आत्मियता घट्दा चिनजान हराउने शहरी जिवनलाई नया ढंगबाट समाज जोड्न सफल भएको बताए । संस्थाका संस्थापक अध्यक्ष थानेश्वर पौडेलले माईका थान मन्दिर परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धाको स्मरण गर्दै धातिवाङको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिका लागि पनि तीज मिलन कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा पाणिनी वार्ड ६ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रमको सास्कृतिक संयोजक गौरी पौडेल, सहसचिव हरि प्रसाद घिमिरेले समुदायमा सामाजिक संघसंस्थाहरुको योगदानको बारेमा प्रकाश पारेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी