© २०२३
बुटवल, २३ भदौ ।
बुटवल उपमहानगरपालिका वडा नं. १० को आयोजनामा वडास्तरीय जनचेतना तथा स्वास्थ्य र सरसफाइ सम्बन्धी तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा १० वटा टोलीले भाग लिएका थिए । कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रा देवी अर्यालले गरेकी थिइन् । त्यस अवसरमा उनले महिलाहरुको महान पर्व तीजको सबैमा शुभकामना दिदै तीजको मौलिकतालाई संरक्षण गर्दै सभ्यरुपमा मनाउन आग्रह गरिन् ।
वडा नं. १० का वडा अध्यक्ष बल बहादुर पुनले चाडपर्वलाई सम्मान गर्दै मौलिकता जोगाउँदै जानु पर्छ भन्दै सम्पूर्णमा शुभकामना दिएका थिए ।
कार्यक्रममा सचिव गणेश प्रसाद न्यौपानेले पनि बोलेका थिए । तीज गीत प्रतियोगितामा त्रिनेत्र आमा समूहले प्रथम भइ रु ११ हजार हजार नगद प्राप्त गरेको छ । पारिजात आमा समूह दोस्रो भइ रु ८ हजार पाएको छ । तेस्रोमा मानव टोल विकास संस्था रामनगर समूहले रु ४ हजार नगद प्राप्त गरेको छ । सान्त्वना पुरस्कार कालिका आमा समूहले रु १५ सय पाएको छ ।
कार्यक्रममा वडा नं. १० का सदस्य यमुना काउचा र रमेश प्रसाद अधिकारीले शुभकामना दिएका थिए ।