© २०२३
नेपालगञ्ज, २३ भदौ ।
बाँकेमा शुक्रबार राति भएको दुर्घटनाका सबै मृतकहरुको पहिचान खुलेको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक राति ९ बजे रोकीराखेको ट्रकमा बस ठोकिँदा ७ जनाको मृत्यु भएको थियो । ३४ जना घाईते भएका छन् । दाङ भ्रमणबाट फर्किदैँ गर्दा बर्दिया ठाकुरबाबा नगरपालिका –९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको ना ७ ख २३२१ बस र शम्शेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँएर गए राती दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० बर्षीय काशिराम थारु, ५५ बर्षिया कस्तुरी थापा, ५० बर्षिया रुपा परियार, ४० बर्षिया जयन्ती थारु, ६५ बर्षीया चानुराम थारु रहेकाछन् । यसैगरी ठाकुरबाबा नगरपालिका– ८ का बस चालक ४५ बर्षिय जुग बहादुर चन्द र सहचालक ३५ बर्षिय बसन्त कार्की रहेको प्रहरीले जनाएको छ । घाईते ३४ जनाको मेडिकलकलेज कोहलपुरमा उपचार भईरहेको छ । घाईते मध्य २ जना गम्भीर, १३ जनाको मध्यम र १९ जनरहेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ४१ जना सवार बसमा ७ जना सकुशल रहेको बताईएको छ ।