ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

स्थिरताका लागि एमाले–काँग्रेस मिल्नुको विकल्प छैन : सूर्य थापा (भिडियो अन्तर्वार्ता)

एमाले–काँग्रेस मिल्दा यो सरकार गल्र्यामगुर्लुम ढल्छ । दुई ठूला दल साना दलको भरिया बनेर मुलुकलाई अस्थिर बनाइराख्नु हुँदैन ।
२२ भाद्र २०८०, शुक्रबार
२२ भाद्र २०८०, शुक्रबार

नेकपा एमालेका प्रभावशाली र यूवा नेताहरुमध्ये पर्छन् प्यूठानका सूर्य थापा । थापाको स्थायी घर झिमरुक गाउँपालिका–१ सौतामारे प्यूठान हो । आफूलाई लागेको कुरा प्रष्टसँग बोल्ने र कसैसँग नझुक्ने उनको हक्की स्वभाव छ । थापा पहिलोपटकमै चुनाव लडेर प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनी नेकपा एमालेको केन्द्रीय सदस्य हुँदै अहिले पोलिटब्यूरो सदस्य र प्रचार विभागको संयोजन गर्नेगरी लुम्विनी प्रदेश संयोजकको जिम्मेवारीमा छन् । नेकपा एमाले गुल्मीको पार्टी इन्चार्ज समेत हुन् । भर्खरै सकिएको नेकपा एमालेको लुम्विनी प्रदेश कमिटीको अधिवेशनले दिएको सन्देश, पार्टीभित्र झांगिदै जानथालेको गुट, समग्र राष्ट्रिय राजनीति, प्यूठानको समग्र विकास निर्माणमा थापाले खेलेको भूमिका लगायत विषयमा न्यूज बुटवलटुडे टिमले गरेको कुराकानीको सार संक्षेप :

प्रस्तुती : लक्ष्मण पौडेल/टिआर शर्मा/केशरराज क्षेत्री
भिडियो : स्वस्तिक श्रेष्ठ

नेकपा एमालेको लुम्विनी प्रदेश अधिवेशनबाट पार्टीमा गुटवन्दीको सन्देश फैलियो भन्ने छ नी ?

समग्रतामा अधिवेशन निर्धारित कार्यसूची सहित बढो शानदार रुपमा सम्पन्न भएको छ । ८३ हजार कुल पार्टी सदस्यहरुबाट १ हजार ५ प्रतिनिधिले ५ जना पदाधिकारी सहितको नेतृत्व छान्ने कुरा सामान्य थिएन । विगतलाई हेर्ने हो भने ७ सय ५१ जनाबाट पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन भएको थियो । त्यो भन्दा पनि ठूलो साइजमा लुम्विनीको अधिवेशन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पार्टीका शीर्ष नेताहरु आएर अधिवेशनको उद्घाटन गर्नुभएको थियो । पार्टी नेतृत्वबाट हामीले पूर्ण रुपमा अभिभावकत्व पाएका छौँ । यो अधिवेशनलाई सिंगो पार्टी पंक्तिले हेरिरहेका थिए । यसलाई अलि तरंगित बनाउने गरी हेरिएको पनि हामीले पायौँ ।

अधिवेशनबाट एमालेहरु सकुशल फर्किएलान कि नफर्किएलान् ? चरम गुटवन्दीले सिमा नाघ्ने भयो, पार्टी तहसनहस हुने भयो जस्ता कुराले तरंगित बनाइएको थियो । तर, सवै हासीखुसी रमाइकन अधिवेशनले नेतृत्व जोड्दियो । पार्टी अध्यक्षले अधिवेशन उद्घाटन पछि एकरात बुटवलमै बसेर आकांक्षीहरुसँग कुरा सुन्ने र सहमतिमा नेतृत्व चुन्ने गरी सम्झाउने बुझाउने गर्नुभयो । तर, यहाँ आकांक्षीहरुले बरावरी रुपमै आफ्नो अडान नछाडेपछि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चुन्ने निधो भएको हो । अध्यक्ष कमरेडले एकजना मात्र उठ्नुस भनेको भए न्याय गर्नुभएन भन्ने हुन्थ्यो । तर, सार्वजनिक रुपमा मतदाताको अगाडि छाडियो र नयाँ नेतृत्व चुनिएको छ, यसले जनतामाझ धेरै सकरात्मक सन्देश दिएको छ । चुनावमा जाँदा पनि अध्यक्षका उम्मेदवार दुवै खुसी हुँदै हासीखुसी छुटिनु भएको छ । अधिवेशन अघि देखिएको विवादका तरंगहरु नेतृत्व चुनिएसँगै सकिएको छ ।

तर, चुनावमा प्यानलै बनाएर उम्मेदवारहरु मैदानमा उत्रिए नी ?

प्यानलै बनायो भनेर म मान्दिन । त्यसमा तपाइहरुले मरमसला गर्नुभयो । दुई जना मात्र उम्मेदवार हुनुभएको छ, त्यसलाई प्यानलै भयो भनेर नभनौ । उपाध्यक्ष र महासचिवसँग जोडेर हेर्ने काम भएको छ, त्यो सही छैन । पार्टीमा स्वस्थ प्रतिष्पर्धा हुनु आकाश खस्ने जस्तो होइन । प्रतिष्पर्धामा जनताले रुचाएको व्यक्ति नेता हुने हो । यहाँ ६० प्रतिशत सहमतिमा र ४० प्रतिशत निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

उपमहासचिवले इन्चार्जलाई नेतृत्व चयनको सन्दर्भमा चिर्कटो दिनुभयो । जसले गर्दा अर्को पक्षले स्वीकार गरेन भनेर भनिएको छ । के हो वास्तविकता ?

चिर्कटो उपमहासचिवले किन दिनुप¥यो ? उपमहासचिव करमेड प्रदिप ज्ञवाली यही प्रदेशको नेतृत्व गरेर पार्टी बनाएको नेता हो । आकांक्षीहरुलाई राखेर छलफल गर्नुभएको हो । उहाँले तपाई नै हुनुस्, तपाइ नै नहुनुस् भनेर कसैलाई भन्नुभएको हो जस्तो मलाई लाग्दैन् । चिर्कटो दिने नै भए पार्टी अध्यक्षले इन्चार्जलाई दिनुहुन्थ्यो । पोलिटब्यूरोसँगको छलफलमा म सहभागी हुन सकिन । बन्दसत्रको कारण म परामर्शमा जान सकिन । चिर्कटो दिएको भए त प्रदिप कमरेडले मलाई यस्तो दिइएको छ भनेर भन्नुहुन्थ्यो । उहाँ २३÷२४ वर्षको हुँदादेखि नै म उहाँको वर्किङ स्टाइल (काम गर्ने शैली) लाई जान्दछु, उहाँले त्यस्तो गर्नुभयो भन्ने मलाई एकरति पनि विश्वास छैन । सहमतिको प्रयासमा प्रदीप कमरेड लाग्नुभएको हो ।

लुम्विनीको अधिवेशनले अरु प्रदेशमा के सन्देश जाला ?

लुम्विनीमा खासगरी संचारक्षेत्र र अरुले तरंग सृजना गरेको हो । नभएपनि जवरजस्त गुट बनाएर हेरियो । अरु प्रदेशमा यो बिकाउ मसला बन्दैन । कसरी समाधान गर्ने, विवादको फैसला कसरी गर्ने, जस्ता विषयमा लुम्विनीले देशभरीमा एउटा सन्देश दिएको छ । यस विषयमा लुम्बिनीले मानव निर्माण गरेको छ । अधिवेशनअघि र पछि लुम्विनीले देशविदेशको एमाले पंक्तिको के होला, कसो होला भनेर चिन्तित गराएको थियो । निर्वाचित र पराजित उम्मेदवारको अन्तिम चरणसम्म सुनेर फर्किदा त्यस्तो भएन । तितामिठा कुरा अधिवेशन सकिएसँगै त्यही सकिएको छ ।

प्यूठानबाट चुनाव जितेपछि जिल्लाको विकासमा अहिलेसम्म तपाइको भूमिका के रह्यो ?

प्यूठानबाट मैले चुनाव जितेको एक वर्ष पनि पुरा भएको छैन । असार मसान्तसम्म त अघिल्लो वर्षकै बजेट कार्यान्वयनको चरण थियो । जिल्लाको आवश्यकताका हिसावले मैले सम्वन्धित मन्त्रालय, मन्त्री, विभाग लगायत राज्यका निकायहरुसँग आफै भेटेर माग राख्ने गरेको छु । प्यूठानका सवै पालिका प्रमुख र कार्यालय प्रमुखहरुसँग हामी कसरी अघि बढ्ने, जिल्लाका विकासका प्राथमिकता के हुन् ? भन्ने विषयमा पनि गहन छलफल भएको छ । प्यूठानका जनताको अपेक्षा स्वभाविक रुपमा हामीप्रति बढी छ । तर, अहिलेको अवस्थालाई पनि ध्यान दिनुपर्छ । सांसद् सवै हिसावले पूर्णता हुँदैनन । उनीहरुले आफ्नो सक्रियता, पहुँचको हिसावले काम गर्ने हो । निर्वाचन क्षेत्र विकास कोषको कार्यक्रम अहिले सर्वोच्चले अन्तरिम आदेश जारी गरेर रोकेको छ । सांसद्हरुले स्थानीय र प्रदेश सरकारसँगको सहकार्यमा विकासका गतिविधिलाई अगाडि बढाउन नीतिगत पहल गर्ने हो । प्यूठान विकास निर्माणले पछाडी परेको छ, त्यसैले विकास निर्माणमा भूमिका खेल्ने भनेर आएको छु । मदन भण्डारी राष्ट्रिय राजमार्ग, भालुवाङ–बाग्दुला–भिमगठे सडक, नौमुरे जलाशययूक्त जलविद्युत्त आयोजना लगायतका ठूला आयोजनाहरुको जवरजस्त रुपमा सरकारसँग यसको शीघ्र कार्यान्वयनका लागि माग गर्ने र संसद्मा आवाज उठाउने गरिएको छ । यी आयोजना प्यूठान बदल्ने गौरवका आयोजना हुन् । प्यूठानको सांसद्को हिसावले म अहिले प्रमुख सत्तापक्षको रुपमा छु । अहिले हाम्रो सत्ता नभएको कारण राज्यका अंगहरुमा प्रत्यक्ष सहभागी हुने कुरा भएन ।

प्यूठानको प्रतिनिधिको हैसियतले प्रतिपक्षको टेबलबाट जनताको आवाज उठाएकै कारण अहिले भालुवाङ–प्यूठान सडक दुई लेनको बनाउने गरी बजेट परेको छ । हामीले हिजोभन्दा आज पहलकदमी बढाएका छौँ । सरकार खासगरी पूर्वाग्राही छ । हाम्रो प्राथमिकता र सरकारको बजेट विनियोजनको कुरा मिलेको छैन । प्यूठानको आवश्यकतालाई संघीय संसद्भित्र इतिहासमै सवैभन्दा बढी सुनिने, देखिने गरी हामी आवाज बुलन्द पारेका छौँ । अरुले दशवर्ष सम्म नगरेको हामी एक वर्षभित्रै गरेका छौँ भन्ने लाग्छ ।

प्यूठानीहरुको तपाई सांसद्मा मात्र सीमित नभई मन्त्री भएको हेर्ने धोको छ, त्यो कहिले पुरा हुन्छ ?

प्रमुख विपक्षीलाई मन्त्री कसले बनाउने ? सांसद् मन्त्री भइदिए हुन्थ्यो भनेर जनताले आशा गर्नु स्वभाविक हो । म अरुभन्दा भिन्न छु । म मन्त्री हुन्छु भनेर चुनावमा भोट मागेको पनि होइन । म जनताको काम गर्न आएको हुँ । म एक महिनामा प्यूठानमा तीन पटक जाने र जनताको गुनासो सुनेर संसद्मा लैजाने गरेको छु । मलाई अहिले मन्त्री भन्दा पनि जनताको काम कसरी गर्ने भन्नेमा ध्यान छ ।

राष्ट्रिय राजनीतिमा सत्ता समीकरण फेरिने संभावना कत्तिको छ ?

यो समीकरण धेरै समय चल्दैन । प्रधानमन्त्री आफैँ छट्पटिनु भएको छ । उबेला रुसमा पानी पर्दा नेपालमा छाता ओड्छन भन्ने थियो नि, हो त्यही अहिले प्रधानमन्त्रीलाई भएको छ । सरकार संकटमा लरवराइरहेको छ । एमाले र कांग्रेस मिलेर गए भने धेरैका फाफा र फुफु चल्दैन । सानादलको भरिया ठूला दल बन्नुहुँदैन । देशको निकासका लागि एमाले, कांग्रेस नै मिल्नुपर्छ । प्रचण्डको सरकार गल्र्यामम गुर्लुम ढल्छ । मैले यो कुरा चुनावताका पनि यही बुटवलमा भएको पत्रकार सम्मेलनमा भनेको हुँ । देशको निकासका लागि खासगरी एमाले र कांग्रेस मिलेर नै अघि बढ्नुपर्छ ।

गठवन्धन सरकार पाँचै वर्ष टिक्छ भन्छन् त ?

एउटा मान्छेले जन्मिएपछि १०० वर्ष बाँच्न पाउँछु भन्नु उसको अधिकार पनि हो । तर, यहाँ त्यस्तो हुँदैन । यो सरकारको आयू अव धेरै छैन ।

भ्रष्टाचारको मामिलामा एमालेका नेताहरु पनि मुछिए नि ?

यो सरकारले लक्षित गरेर एमालेलाई कहाँ सकिन्छ भनेर प्रपन्च गरेको छ । जलहरी पित्तलको भनेर माओवादीले दिउँसै रातपार्ने प्रयास ग¥यो । नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा के के गर्दै छु भन्नुहुन्छ । जव महराको कुरा आउँछ चुप हुनुहुन्छ । माओवादीभित्र नारायणकाजी श्रेष्ठ ‘घ’ श्रेणीको नेता हो । जब ‘क’ श्रेणीको मााओवादीको नेता कृष्ण बहादुर महराको नाम मुछिन्छ त्यसपछि नारायणकाजीले के बयान लिनु ? उहाँको स्टन्टबाजी मात्र भयो । भ्रष्टाचार नियन्त्रणको विषयमा खास काम भएकै छैन । ललिता निवास प्रकरणमा माधव नेपालको नाम आएपछि अहिले सामसुम छ । न्यायोचित रुपमा पनि सभ्य र संस्कारित राजनीति गर्नेमा उहाँहरु हुनुहुन्न । एक महिना अघिदेखि उच्चस्तरीय छानविन आयोग गठन गर्ने विषयमा सहमति भएपछि मात्र हामीले संसद् खोल्ने सहमति गरेका हौँ । उहाँहरु भाटभेनीका संचालक मिन बहादुर गुरुङसँग केही कारोवार नमिलेर आक्रोशित हुनुभएको हो । भुटानी शरणार्थीमा जव आरजु राणा र मञ्जु खाणको नाम आउँछ, ललिता निवासमा जब बावुराम र माधव नेपालको नाम आउँछ, त्यसपछि उहाँहरु थर्कमान हुनुहुन्छ । टोप बहादुर रायमाझीको नाम आएपछि उहाँहरु खुसी हुनुहुन्छ । यस्तो बायसनेस रुपमा पनि कही भ्रष्टाचार नियन्त्रण हुन्छ ? साँच्चिकै भ्रष्टाचार गर्न लागेकै हो भने हामी पनि सरकारलाई साथ दिन तयार छौँ । अहिले छानविन गरेका प्रहरी अधिकृतहरु किन सरुवा भए ? शेर बहादुर देउवाले फू गरेपछि नारायण काजीको कुर्सी हल्लिन्छ । त्यो २८ करोड संकलन गर्ने व्यक्तिहरु जेलमा परेका छन् त ? छैनन् ? जसले रकम संकलन ग¥यो उसलाई नियन्त्रणमा लिनुप¥यो नि ?

नेकपा एमालेको भावी नेतृत्वका लागि चर्चा भइरहेको छ ? पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीलाई अघि सारिंदै छ भन्ने समाचार पनि आइरहेका छन् । यसमा कत्तिको सत्यता छ ?

नयाँ पुस्ता वा पुस्तान्तरणको विषय एमालेको समस्या होइन् । केपी ओली २०८३ सालसम्म पार्टीको अध्यक्षको रुपमा हुनुहुन्छ । महाधिवेशनमा यो सवैका लागि ढोका खुल्ला हुन्छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूह बनाएर राजनीतिमा आउनुहुन्छ भन्ने ठानेका छन् भने त्यो उहाँलाई नबुझेका हुन् भन्ने मलाई लाग्छ । पार्टीको भविष्यका निम्ती लाग्ने व्यक्ति हो उहाँ । छाता आफै मानिस खोज्दै हिड्दैन । मानिस पो कस्तो छाता चाहिने भनेर ओड्ने व्यक्तिहरु नै हिड्ने हो नि ? त्यस्ता स्वार्थको रोटी पोल्नेहरुलाई यस्तो लागेको हुनसक्छ । कमरेड विष्णु पौडेलले पनि बुटवलमा आएर ११ औँ महाधिवेशनको अध्यक्ष केपी शर्मा ओली हो भन्नुभएको छ । अध्यक्ष कमरेडलाई विश्राम दिने गरी अर्को नेता खडा भएको देखिदैन । एमालेको नेतृत्व हानथापले हुँदैन, सर्वसम्मत रुपमै हुन्छ । यो सवै कुरा एमालेलाई भाँड्नेहरुको हो ।

तपाईप्रति आम नागरिकले गर्ने टिप्पणी नकारात्मक देखिन्छ । यसले तपाइको राजनीतिक र पारिवारिक जीवनमा केही असर परेको छ की छैन ?

म प्रति टिप्पणी गर्ने आम नागरिकलाई म सम्मान गर्छु । राजनीतिमा लाग्नेहरुलाई जनताले गाली गर्नु, मायाँ गर्नु त्यो त्यति नौलो कुरा होइन । म प्यूठानबाट ४१ हजार १ सय १८ मत लिएर प्रत्यक्ष निर्वाचित भएको मान्छे सांसद् हुँ । म जनमतलाई विश्वास गर्ने मान्छे हुँ । तर, यहाँ केही फेक आइडी खोलेर आलोचना गर्नेहरुको पंक्ति छ । म मुखमा पानी राखेर चपाउने व्यक्ति होइन । सत्यलाई लुकाएर बोल्ने मान्छे पनि होइन । म राजाको शासनमा पनि निर्धक्क भएर बोल्ने र लेख्ने व्यक्ति हुँ । विभिन्न फेक आइडीहरु खोलेर हाम्रा अभिव्यक्तिहरुलाई गलत ढंगले प्रचार गर्ने र अपभ्रंस फैलाउनेहरुप्रति मैले केही भन्दिन । हामी आफ्नो पौरख र मेहनतले स्थापित भएर आएका हौँ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?