© २०२३
दाङ, २२ भदौ ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका– २ श्रीगाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ वर्षीया दिलबहादुर चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
सडकको छेउँमा मसलाको रुखले विजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीवार राती चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोस्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही राखिएको छ ।