© २०२३
बुटवल,२० भदौ । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित २०५ सदस्यीय कार्यसमितिमा निर्वाचित सबैैको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन ।
विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरे । पदाधिकारीमा एक उपसचिव वाहेक अरु सबै पदमा राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।
सचिवमा लक्ष्मण आचार्य सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य पनि कंडेल पक्षका हुन् । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।
मतगणनाको परिणाम अनुसार उपाध्यक्ष पदमा कंडेल समुहका भोज प्रसाद श्रेष्ठले ४५५ मत पाएर बिजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी रिजाल समुहका बिश्वराज बराल अनुपले ३०६ मत पाए।
पुरुष उपसचिवमा रिजाल समुहका रोल्पाका पुर्ण बुढा मगरले ४१८ मत पाएर बिजयी भने उनका प्रतिद्धन्द्धी बांकेका दुर्गा प्रसाद थारुले ३९३ मत पाए। त्यसैगरी महिला उपसचिवमा कंडेल समुहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर बिजयी भएकी छन् भने रिजाल समुहकी बांकेकी बसन्ती अधिकारीले ३५१ मत ल्याएकी छन्।
बुढामगर रिजाल प्यानलका हुन् भने बांकी सबै कंडेल प्यानलका हुन् । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कंडेल प्यानलका हुन् । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । प्रदेश खुल्ला सदस्यमा प्रतिनिधि सभा सदस्य समेत रहेका बासुदेव घिमिरेले सर्वाधिक बढी मत पाएका छन् । एमाले लुम्बिनी प्रदेश अधिवेशनमा रुपन्देहीबाट खुलातर्फ युवा नेता गोपाल रानाले सबैभन्दा बढी ५४१ मत प्राप्त गर्दै विजयी भएका छन् । सम्पन्न निर्वाचनमा पदाधिकारी, सदस्य तथा कुनै पनि कलस्टरबाट समेत यो नै सबैभन्दा बढी मत हो ।
हेरौं मत परिणाम :
निर्विरोध निर्वाचित प्रदेश कमिटी सदस्यहरु :