© २०२३
बुटवल, १९ भदौ । बुटवल जेसीजले स्वर्णजयन्तीको अवसरमा विशेष अन्तरसम्बाद कार्यक्रम गरेको छ । साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल जेसीजः हिजो, आज र भोली बिषयक विशेष अन्तरसम्बाद कार्यक्रममा सहभागीहरुले जेसीज स्थापनाकालदेखी वर्तमान समयसम्म युवा नेतृत्व उत्पादन, सामाजिक योगदान र भागी योजनाबारे विशेष छलफल गरेका थिए । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवरले हिजोको बुटवल जेसीज, आजको बुटवल जेसीजको अवस्था र भोलिको जेसीजको योजनाबारे अन्तरसम्बाद कार्यक्रम गरि समाजलाई सहज रुपमा जानकारी दिन सफल भएको बताए ।
अन्तरसम्बाद कार्यक्रममा ५० बर्ष अबधिमा बुटवल जेसीजको नेतृत्व लिनुभएका पुर्व अध्यक्षमध्ये सन १९८१ का अध्यक्ष निर्मल प्रसाद लाकौल, सन २००६ का अध्यक्ष टंकप्रसाद पोखरेल, बुटवल जेसीजका मानार्थ सदस्य समेत रहनुभएका बुटवल सम्बन्धि जानकार बिमल बहादुर शाक्य, बुटवल जेसीज २०१६ का अध्यक्ष राजु पौडेल लगायतले सन १९७४ को स्थापनाकाल देखी स्वर्ण जयन्तीसम्मको यात्राको क्रममा भएका योगदानबारे चर्चा गर्दै जेसीसका क्रियाकलाप, समाज र राष्ट्रलाइ दिएको योगदानबारे प्रकाश पारे ।
कार्यक्रममा पुर्व अध्यक्षहरु मथुरा पिया, मनोज भट्टराई, दिनेश श्रेष्ठ, राजिव गौतम, महासचिव चन्द्रकान्त डुम्रे, कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपाने, बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा स्वर्णजयन्ती अन्तरगत साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवालीले युवामाझ आर्कषणको रुपमा रहेको संस्थालाई चलायमान बनाउने गरि कार्यक्रमहरुका निरन्तरता दिनुपर्ने बताए ।