© २०२३
बुटवल, १८ भदौ । समुदायका जनप्रतिनिधि र अगुवालाई लक्षित गरि सामाजिक द्धन्द्ध, यसको प्रभाव र समाज रुपान्तरणबारे अभिमुखिकरण कार्यक्रम गरिएको छ । सामाजिक परिबर्तन केन्द्र काठमाण्र्डाैको आयोजनामा बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउपालिकाका दुई दर्जन स्थानीय जनप्रतिनिधी र समुदायका अगुवाहरुलाई ३ दिने तालिममा तालिम दिइएको हो ।
तालिममा लुम्बिनी प्रदेशका पुर्ब मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेलले द्धन्द्ध, यसको व्यबस्थापन तथा बिश्लेषण गर्ने तथा समुदायमा मेलमिलाप कसरी गराउनु भन्ने बिषयमा सहजिकरण गरेका थिए ।
यसैगरि सामाजिक परिबर्तन केन्द्रका कार्यकारी निर्देशक डा. प्रकाश भट्टराईले संवाद, सामाजिक द्धन्द्ध सहजिकरणमा संबादको प्रभावकारी, संबाद सहजकर्ताको भुमिकाका बारेमा प्रकृयागत अबस्थाका बिषयमा सहजिकरण गरेका थिए । सहजकर्ता अनिस खत्रीले द्धन्द्धबाट पर्ने सामाजिक प्रभाव र संबादबाट गर्ने सहज व्यबस्थापनका बिषयमा सहजिकरण गरेका थिए ।
वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, न्यायिक समितिका सदस्य, स्थानीय मेलमिलापकर्ता, टोलबिकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरु , आमा समूहका प्रमुख तथा प्रतिनिधि , बिभिन्न क्लवमा आवद्ध रहेका यूवा तथा बिद्यार्थी संगठनका प्रतिनिधिहरुलाई लक्षित गरेर तालिम दिइएको सामाजिक परिर्बतन केन्द्रका अध्यक्ष पवन रायले बताए ।
कार्यक्रममा शुद्धोधन ५ का वडाध्यक्ष चन्द्रभान चौधरी, टोल बिकास संस्थाका माया ज्ञवाली, मेलमिलापकर्ता लक्ष्मण ज्ञवालीले तालिम व्यवहारीक र फलदायी भएको बताए । तालिममा सहभागीहरुलाई एक समारोहका बिच समाज कल्याण परिषदका बिकुलकुमार आचार्यले प्रमाणपत्र प्रदान गरेका छन । बुटवल र शुद्धोधन गाउँपालिकामा बिद्यालयस्तरीय संबाद र शासन प्रकृयामा देखिएका द्धन्द्ध समाधान गर्नका लागि सरोकारवालाहरु बिचमा सामाजिक परिबर्तन केन्द्रले संबाद कार्यक्रम बिगत २ बर्षदेखि गर्दै आएको छ ।