© २०२३
काठमाडौं,१८ भदौ । वीर अस्पतालको छैटौं तलाबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ ।
अन्दाजी ३५ वर्षीय ती पुरुष शनिबार राति २ बजे अस्पतालभित्र प्रवेश गरी छैटौं तलामा पुगेर हाम्फालेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । र उनले किन आत्महत्या प्रयास गरेका हुन् भन्ने पनि खुल्न सकेको छैन ।