© २०२३
भैरहवा, १७ भदौ ।
रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका ०६ की एक २९ वर्षीया महिलाको शान्ति पुनस्र्थापना गृह शाखा कार्यालय रुपन्देहीले भारतको गोरखपुरबाट उद्दार गरी नेपाल ल्याएको छ ।
करिव ३ महिनादेखि घरबाट छोरी सम्पर्क विहिन भएको र छोरी खोजदिनको लागि पहल गरिदिन भनी पीडित महिलाको परिवारले २०८० साउन १० गते इलाका प्रहरी कार्यालय सुर्यपुरामा र शान्ति पुनस्र्थापना गृह रुपन्देहीमा निवेदन दिएका थिए ।
परिवार र आफन्तहरुको सम्पर्क विहिन भएकी महिला भारतको गोरखपुरमा रहेको शान्ति पुनरस्र्थापना गृहको विशेष सूचनाका आधारमा भारतको गोरखपुरमा रहेको मातृ छायाँ फाउण्डेसनमा सुरक्षित राख्नको लागि पहल गरी उक्त संस्थाको समन्वयमा पीडित महिलालाई नेपाल ल्याइएको शान्ति पुनरस्र्थापना गृह रुपन्देहीकी जिल्ला कार्यक्रम संयोजक निशा पन्थीले जानकारी दिइन् ।
तीन महिना अघि सम्पर्क विहिन भएको शान्ति पुनरस्र्थापना गृहको प्राप्त सुचनाका आधारमा भारतको गोरखपुरबाट सबै प्रक्रिया पुरा गरी पीडित महिलाको उद्दार गरी नेपाल ल्याइएको र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमार्फत परिवारको जिम्मा लगाइएको शान्ति पुनरस्र्थापना गृहका उद्दार संयोजक भुमिराज भट्टराईले बताए ।
शान्ति पुनस्र्थापना गृहले २०५० सालदेखि मानव वेचविखनविरुद्ध महिला अधिकार र बालअधिकारको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले हाल रुपन्देहीमा शाखा विस्तार गरि महिला र बालअधिकारको क्षेत्रमा काम गर्दै आइरहको छ ।