© २०२३
सुनवल, १७ भदौ ।
पश्चिम नवलपरासीका धार्मिक संघ संगठनहरुले जिल्लामा कुनै पनि धार्मिक घटना हुन नदिनका लागि सहकार्यसहितको सामुहिक प्रतिबद्धता जनाएका छन् । धर्मका नाउँमा केही उच्छृङ्खल व्यक्ति र समुहले अवाञ्छित गतिविधिहरु गर्न सक्ने संभावना महशुस हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आइतबार बिहान परासीमा धार्मिक संघ संगठनहरुको बैठक बसेको हो ।
विश्व हिन्दु महासंघ, विश्व हिन्दु परिषद्, इसाई समाज र मुस्लिम संघका धार्मिक अगुवाहरुको बैठकले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बलाउने व्यक्ति र समुहप्रति विशेष सजग भई आ–आफ्ना धार्मिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । धार्मिक कार्यक्रम सञ्चालन गर्दा त्यसको बहानामा अर्को धार्मिक संस्थामाथि आक्रमण गर्ने उच्छृङ्खल समुह र व्यक्तिहरुलाई कारबाही गर्न पनि धार्मिक संगठनहरुले सुरक्षा निकायसँग माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रतिनिधिसभा सदस्य धु्रवबहादुर प्रधान, जिल्लाका चारवटै प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । सो क्रममा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुले धार्मिक र सामाजिक सहिष्णुता कायम गर्न सबैले सबै धर्मको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । केहि दिन अगाडी रामग्राम भित्र रहेको तिन ओटा चर्चमा धार्मिक सद्भाव खलबल गराउने खालका क्रियाकलाप भएको भन्दै ईसाइ समाजले दोषीमाथि कारवाहीको माग गर्दे आएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी