© २०२३
बर्दघाट, १७ भदौ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पश्चिम नवलपरासीले वृहत मौलिक तीज गित कार्यक्रम सम्पन्न गरेको छ । सुनवल नगरपालिका वडा नम्बर १३ को बडेरा चोकमा कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय तीज पर्वको मौलिकता हराउँदै गएको र यो पर्वलाई परम्परागत रुपले जगेर्ना गर्दै अघि बढनु पर्ने सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले बताइन् । उनले तीजको दरको नाममा एक महिना अघिदेखि नै पार्टी प्यालेसहरुमा आयोजना गरिने भोजलाई दरको सज्ञा दिन नहुने बताइन् ।
अर्यालले लोक साँस्कृतिको जगेर्ना गर्न स्थानीय सरकार सधै सकारात्मक हुने समेत बताइन् । प्रतिष्ठानकी अध्यक्ष श्यामकला भण्डारीले तीज भडकिलो बन्दै गएको, तीजको नाममा विसँगती बढदै गएको बताउँदै तीजको मौलिक सँस्कृतिको जगेर्ना गर्नुपर्ने बताइन् । गायक भरत क्षेत्रीले पछिल्लो समय महिलाहरुसँगै पुरुष गायकहरुले पनि तीजगितलाई प्राथमिकता दिँदै गित निकाल्ने प्रचलन बढदै गएको र यसले सँस्कृति जगेर्नामा योगदान पु¥याउने बताए ।
तीज गितको नाममा मौलिकता पछि पारेर सस्तो लोकप्रियताका लागि शब्द चयन र लयले विकृती बढ्दै गएको उनको भनाइ थियो । स्थानीय महिला समुहहरुले पुराना तीजका भाखाहरुमा तीज गित प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय कलाकारहरु सपना गाहा, सँगिता चितौरे, वर्षा थापा, भरत क्षेत्री, कोपिला न्यौपाने, लक्ष्मी बस्नेत लगायतले स्थानियहरुलाई मनोरन्जन दिएका थिए ।