© २०२३
बुटवल, १६ भदौ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ रूपन्देही (क्यान महासंघ रूपन्देही) को २२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवलमा आयोजना भएको साधारण सभामा बोल्ने बक्ताहरूले सरकारले परिकल्पना गरेको डिजीटल नेपालको विषयमा सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।
तीन तहको सरकारले डिजिटल नेपाल बनाउने भन्ने कुरा गरेपनि सोही अनुसारको कार्यान्वयनको लागि कुनै चासो नदेखाएको भन्दै यसमा सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै क्यान महासंघका केन्द्रीय निर्वतमान अध्यक्ष नवराज कुँवरले तीन तहका सरकार आएपनि काम भन्दा पनि कुरा मात्रै गर्ने परिपाटी रहेको भन्दै यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले डिजिटल नेपाल निर्माणको लागि महासंघ जहिले पनि तयार रहेको भन्दै यसको लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय सचिव नारायण प्रसाद श्रेष्ठ, प्रदेश उपाध्यक्ष नारायण खनाल, प्रदेश सदस्य–रेस्मिराज अर्याल, क्यान महासंघ रूपन्देहीका पूर्व अध्यक्ष प्रकाश राना, लोकहरी पाण्डे, लुम्बिनी सिटी कलेजका प्राचार्य राहुल भुषाल, नेपथ्य कलेजका प्राचार्य संजिब भन्डारी, बुटवल जेसिजका पूर्व अध्यक्ष राजिब गौतम, क्यान महासंघ रूपन्देहीका बरिष्ठ उपाध्यक्ष बिरबहादुर क्षेत्री, उपाध्यक्ष जीवन अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा आजिवन सदस्यताको प्रमाणपत्र वितरण, प्रीन्टर रिपेयर तालिमको प्रमाण पत्र वितरण गरिएको सचिव सुरेश चन्द्र भट्टराईले जानकारी दिए ।
साधारण सभामा महासंघ रूपन्देहीका अध्यक्ष माधव अर्यालको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । यस्तै कोषाध्यक्ष सुबाश घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा लेखापरीक्षण प्रतिबेदन समेत पारित भएको र बिधान संसोधनको प्रस्ताव समेत पारित भएको सचिव भट्टराईले जानकारी दिए ।