© २०२३
नवलपुर, १६ भदौ ।
नवलपुर समाज दक्षिण कोरियाले स्वर्गीय टेक बहादुर पुलामीको परिवारलाई राहत स्वरुप संकलित रकम हस्तान्तरण गरेको छ । कावासोतीस्थित कोरियन पाठशालामा स्वर्गीय पुलामीको परिवारलाई नगद रु ६ लाख ५७ हजार १ सय १४ रुपैयाको चेक नवलपुर समाज दक्षिण कोरिया समितिले हस्तान्तरण गरेको हो । नवलपुर जिल्लाको बौदिकाली गाउँपालिका ४ निवासी स्वर्गीय टेक बहादुर पुलामीको वि.सं. २०४९ साल भदौ २३ गते जन्म भएको थियो । बैदेशिक रोजगारीका क्रममा गत असोजमा मात्रै कोरिया प्रवेश गरेका पुलामीको २०८० असार १३ गतेका दिन निधन भएको थियो । विदेशीएको ९ महिनाको अवधिमा उनको ह्दयघातका कारण मृत्यु भएको परिवारले बताए । मृतक पुलामीको परिवारलाई राहत पुर्याउने उद्देश्यका साथ नवलपुर समाज दक्षिण कोरियाले केही रकम संकलन गरी हस्तान्तरण गरेका हुन ।
स्वर्गीय पुलामीको परिवारलाई रु ६ लाख ५७ हजार १ य १४ रुपैयाँ रकम बौदिकाली गाउँपालिका ४ का वडाध्यक्षको उपस्थितिमा, स्वर्गीय पुलामीको १८ महिने छोरीलाई रु ३ लाख २८ हजार ५७ रुपैयाँ र स्वर्गीय पुलामीको आमालाई रु ३ लाख २८ हजार ५७ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । नवलपुर समाज दक्षिण कोरियाकाका सल्लाहकार सदस्य जिवन न्योपानेले परिवारको राहतका लागि १ महिना अघि पनि ३ लाख २० हजार संकलित रकम हस्तान्तरण गरिएको जानकारी गराएका छन् । सदस्य न्योपानेले समाजले सक्दो सहयोग गरिरहने समेत बताए ।
यसैगरी सहयोगी हातहरुमा समेत धन्यवाद ब्यक्त गरेका छन् । स्वर्गीय पुलामी गत असोज महिनामा मात्रै रोजगारीका क्रममा कोरिया गएका थिए । उनको परिवारमा बुवा, आमा, एक श्रीमती र १८ महिनाको छोरी छन् ।