© २०२३
बुटवल, १४ भदौ । रक्षा बन्धन आम नागरिकले मनाउनुको धार्मिक र सास्कृतिकमहत्व बुझाउने गरि बुटवलमा अलौकिक रक्षा बन्धन महोत्सव गरिएको छ । बह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा विहिबार बुटवलमा अलौकिक रक्षा बन्धन महोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्र नेपालका उपाध्यक्ष तथा सहनिर्देशक कमला दिदिले रक्षा बन्धनको महत्वपारे प्रकाश पार्दै धार्मिकमात्र नभई नैतिक र बैज्ञानिक रुपमा पनि आजको दिनको महत्व रहेको बताईन । आसुरी शक्तिबाट बचाउने रुपमा बन्धनमा बाधिने पवित्र दिन रक्षा बन्धन भएको भन्दै जनै बाध्नु बन्धनमा बाधिनु हो र मानिस अरु बन्धनमा बाधिन नचाहेपनि यो बन्धनप्रति भने मोह रहेको बताईन । ‘यो दिनको विशेष महत्व यसकारण पनि छ ।’—उनले भनिन । हाम्रो समाजमा रहेका राम्रा संस्कार, संस्कृतिलाई अंगाल्दै मानव कल्याण बिरुद्धका गलत गतिविधिहरु त्याग्न सुझाव दिईन । भगवानको पुजापाठ, घण्टी बजाउदामात्र धर्म नहुने तर्क दिदै उनले मानव सेवा र राम्रो कर्म गर्नु नै वास्तवमा धर्म भएको उनले बताईन । युग अनुसार मानव सत्कर्म गर्दै अघि बढ्नुपर्ने बताईन ।
स्नेह बाहिनी, शक्ति दा दायिनी मन भावनी परमात्मा प्रेमको वरदानी दाजुभाई र दिदी बहिनीहरु बिचको पवित्र आत्मिय स्नेह एवं रक्षाको सुचक रक्षा बन्धनको उपलक्ष्यमा कार्यक्रम गरिएको क्षेत्रिय कार्यालय बुटवलका सचिव नारायणले बताए ।
यसैगरि कार्यक्रममा माउण्ट आबुबाट ल्याइएको विशाल रक्षा सुत्र प्रदर्शन र सम्पुर्णलाई धारणका लागि समेत परमपिता परमेश्वरको आकृतिसहितको रक्षा बन्दन उपलब्ध रहेको थियो । सो कार्यक्रममा कमला दिदिले पुर्वमन्त्री छबिलाल विश्वकर्मा, भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवि अर्याल, बुटवलका उद्योगपति, ब्यापारी तथा सर्वसाधारणहरुलाई रक्षाबन्धन बाधिन । ब्रहमकुमारी बिमला बहनले मानव जीवनमा धर्मको महत्वबारे प्रकाश पारिन ।
भिडियो सामग्री
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी