© २०२३
बुटवल, १३ भदौ । अर्घाखाँची जिल्लामा जन्मीएर नेपाल सरकारको सेवामा लागेका शिव नेपाली जन्मजिल्लामा नै कार्यालय प्रमुख भएर आएका छन् । सन्धिखर्क नगरपालिका वार्ड नः ६ स्थायी घर भएका शिव नेपाली स्वाथ्य कार्यालय अर्घाखाँचीको कार्यालय प्रमुखको रूपमा सेवामा हाजिर भएका हुन ।
जन्मजिल्लामा पहिलो पटक कार्यालय प्रमुखको रूपमा सेवा प्रारम्भ गरेका नेपालीको स्वागत तथा सम्मान समेत गरिएको छ ।
बाबु राम बहादुर नेपाली र आमा रोमाकला नेपालको कोखबाट २०४८ सालमा जम्मीएका नेपाली वि.स. २०७२ सालमा स्वाथ्य कार्यालय बर्दियाबाट सेवा प्रवेश गरेका थिए ।
करीब १५ महिनाको सेवापछि उनी दोस्रो पटक स्वाथ्य कार्यालय काठमाण्डौ सरुवा भएका थिए । त्यहा ६ महिना सेवा अवधी पछि तेस्रो पटक रुकुम पुर्व सरुवा भएका उनी १ बर्ष पनि चौथो रुकुम पुर्वमा पहिलो पटक कार्यालय प्रमुखको रूपमा सेवामा हाजिर भएका थिए ।
रुकुम पुर्व साढे २ बर्ष काम गरेका उनी पाचौ पटक प्रदेश स्वाथ्य तालिम केन्द्र हुँदै ३ बर्ष सेवा गरेपछि छैठौं पटकमा स्वाथ्य कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुखको रूपमा हाजिर भएका हुन । स्वाथ्य अधिकृत नेपालीले जनताको सेवाको लागि आफुले सक्दो पहल गर्ने बताए । उनले जनताको सेवा नै पहिलो प्राथमिकताका रहेको भन्दै सोही अनुसार योजना बनाएर लाग्ने प्रतिवद्धता जनाए ।