© २०२३
सल्यान, १२ भदौ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ । हाललाई चेकजाँच तथा उपचार पश्चात सहायक सामग्री आवश्यक पर्ने ६ जनाको लागि विभिन्न सामग्री प्राप्त भएकोमा मंगलबार ३ जनालाई सहायक सामग्री हस्तान्तरण गराइएको हो ।
छत्रेश्वरी ४ निवासी अपांगता भएका १४ वर्षिय बालक घनश्याम शर्मालाई आवश्यक पर्ने एक जोड ‘क्लब सुज’, त्रिवेणी १ का ११ वर्षिय वालक विवेक पुनलाई घुडामा लगाउने सहायक सामग्री ‘निक्याफ’ र छत्रेश्वरी ५ निवासी ५४ वर्षिय मान बहादुर खत्रीलाई खुट्टामा लगाउने ‘एयफो’ प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले सहायक सामग्रीहरु हस्तान्तरण गरेका थिए । छत्रेश्वरी गाउँपालिका र विकलांग मित्र समूह तथा अपांग वाल अस्पताल पुनस्र्थापना केन्द्रको साझेदारीमा निःशुल्क रुपमा सहायक सामग्री उपलब्ध गराइएको हो ।
गाउँपालिकाभित्रका १८ वर्ष सम्मका शारीरिक अपांगता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्र्थापना, सहायक सामाग्री तथा कृत्रिम अंग उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा छ । गाउँपालिकाले अपांगता पहिचानको लागि स्वास्थ्य तथा पुनस्र्थापना घुम्ति शिविर सञ्चालन गर्दै आएको छ ।
गत आर्थिक वर्षमा पनि भोटेचौरमा एक दिने शिविर सञ्चालन गरी ४३ जनाको शारिरिक अपांगता पहिचान गरिएको थियो । त्यसबेला पनि अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने गुड्ने मेच २ जनालाई, वाकर ५ जनालाई, अर्थाेपेडिक सहायक सामग्री ३ जनालाई, बैशाखी ५ जनालाई उपलब्ध गराइएको थियो ।
साथै उक्त शिविरमै आवश्यक परामर्श, ड्रेसिंग, माइनर सल्यक्रिया, औषधि वितरण, फिजियोथेरापी सेवा प्रदान गरिएको थियो भने केहीलाई रिफर पनि गरिएको थियो । साझेदारी कार्यक्रम अन्तर्गत अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्रीहरु हात खुट्टा लगाएतका कृत्रिम अंगहरु, ह्वील चियर, वाकर, बैशाखी, काम्रो आदी सामग्री निःशुल्क नै उपलब्ध गराउने कार्यक्रम रहेको छ ।