ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो
दातमुख सुरक्षा सचेतनामा रोटरी लुम्बिनी स्टार्स र समाज डेन्टलको हातेमालो

एक लाख विद्यार्थीमा पुग्ने महाअभियान शुभारम्भ

१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

बुटवल, १२ भदौ । दातमुख सुरक्षा निक्कै संवेदशिल विषय हो । मुख सम्वन्धी रोगहरु विशेषगरी दाँत किराले खाने, गिजा सम्वन्धी रोग, मुखको क्यान्सर जनस्वास्थ्य समस्यालाई समयमा नै रोकथाम गर्ने उद्येश्यका साथ रुपन्देहीमा महाअभियान थालिएको छ । आधुनिक समाज डेण्टल केयर प्रा.लिको प्राविधिक सहयोगमा रोटरी क्लब अफ लुम्बिनी स्टार्सले लुम्बिनी प्रदेशका सरकारी स्कूलहरुमा दन्त शिवीर सञ्चालन गरि १ लाख विद्यार्थीहरुसम्म पुगेर स्वास्थ्य, दाँत तथा मुख परिक्षण गर्ने भएको हो ।

रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक गर्भनर राजेन्द्र प्रसाद ध्वजूले सोमबार श्री सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयमा कार्यक्रमको सुभारम्भ गर्दै बालबालिकाको मुखदात स्वस्थ्यको विषयमा रोटरीको महाअभियान महत्वपूर्ण भएको बताए । ‘समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको छु ।’—उनले भने । अभिभावकहरुले बच्चाहरुको स्वास्थ्यमा ध्यान कम दिने गरेको अझ दाँतमुखको उपचारमा हेलच्यक्राई गर्ने गरेको भन्दै उनले सचेतना अभियानका रुपमा कार्यक्रम अघि बढाईएको बताए ।

कार्यक्रममा समाज डेन्टलका अध्यक्ष अमृत भुसालको दन्त स्वस्थ्य सेवा केवल ब्यवसायमात्र नभई सामाजिक उत्तरदायित्वमा पर्ने बताए । विगत लामोसमयदेखी विकट क्षेत्रमा पुगेर निशुल्क दन्तमुख सेवा शिविर चलाएको उनले बताए । बालबालिकाहरुलाई दिईने शिक्षा सबैभन्दा प्रभावकारी हुने भएकाले पनि अहिले नया अभियान शुरु गरेको उनले बताए । ‘यसको रोकथाम उत्तम बिकल्प हो ।’—उनले भने ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्टरलका अध्यक्ष गणेश प्रसाद अधिकारीले विद्यालयस्तरमा सिकेका ज्ञान र अनुशासन ब्यहारमा उर्तान सके समाज परिर्वतनमा मद्यत मिल्ने बताए । रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले सामाजिक कार्यमा अग्रसर रहेका संघसंस्थाहरु समुदायको आवश्यकतालाई सम्बोधन हुने गरि कार्यक्रम चलाउनुपर्ने बताए ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले राष्ट्रिय मुख स्वास्थ्य नीति तयार गरेको छ । नेपाल पाथफाईण्डर सर्भे सन् २००४ बाट ५–६ वर्ष उमेर समूहका करिव ५८ प्रतिशत वच्चाहरु दाँत कीराले खाने रोगवाट उच्च प्रभावित रहेको देखाएको छ । यसलाई नेपालमा वच्चाहरुको मूख्य रोगको रुपमा पनि औंल्याएको छ । गुणस्तरीय उपचारविना दाँत विग्रने र झर्ने समस्याले पनि जीवनयापनमा महत्वपूर्ण प्रभाव पारेको पाईन्छ । उक्त विश्लेषणले गरीव र सीमान्तीकृत समुदायका सवै उमेर समूह यसवाट वढी प्रभावित भएको देखाएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्स वर्ष २०२३/२४ का अध्यक्ष ध्रुव कोइराला, सचिव विमल ढकाल, रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष जया भण्डारी, सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयका सहप्राचार्य दिपक पौडेलले कार्यक्रमलाई प्रभावकारी बनाउने गरि संचालन गर्न सुझाव दिए ।

हाल नेपालमा १२ वटा डेण्टल कलेजहरु संचालनमा रहेका छन् । वार्षिक करिव ३ सय स्नातक दन्त चिकित्सकहरु देश र विदेशवाट उत्पादन भैरहेका छन् । पाँच वटा उच्च शिक्षा अध्ययन संस्थानहरुवाट करिव ३० जनाले दन्त चिकित्साका विभिन्न क्षेत्रहरुमा स्नातकोत्तर शिक्षा हासिल गर्दछन् । सो वाहेक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रवाट संचालित ४ वटा संस्थाहरुवाट दन्त सहायकहरु तयार हुन्छन् । सन् २०१६ सम्ममा देश भित्रकै सवै डेण्टल कलेजहरुवाट उत्पादित जनशक्ति सख्या प्रति वर्ष करिव ६ सय ५० पुग्ने देखिन्छ । दन्त चिकित्सा सम्वन्धि जनशक्ति वढ्दै गएपनि देश भित्रको वितरण असन्तुलित छ । काठमाण्डौमा दन्तरोग विशेषज्ञ र जनसंख्याको अनुपात १ः९,००० छ भने राजधानी बाहिर १ः५६,००० छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?