Butwal Today

ओलीले किन गरे माधवसंगको फोटो शेयर ?

११ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाडौं,११ भदौ । एमाले विभाजनपछि निकै कटुतापूर्ण सम्बन्ध र बोलचालै बन्द भएका माधवकुमार नेपालसंगको तस्बिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेयर गरेपछि यो चर्चाको विषय बनेको छ ।

सोमबार सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ओली र नेपालसँगै बसेको तीनवटा तस्बिर केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन् । तीन वटा मध्ये पहिलो तस्वीरमा ओली र नेपालको मात्रै फोटो छ । जसमा ओली मुस्कुराएका छन् भने नेपाल निन्याउरो मुद्राम छन् ।

ओलीले शुभसन्ध्या लेखेर नेपालसंग बसेको तस्वीर शेयर गरेका छन् । सबै तस्बिरमा ओली र नेपालसँगै बसेका छन् । हालै मात्र ओलीले सम्बन्ध चिसो भएका नेता भीम रावलसंग पनि भेट गरेर सम्बन्ध विस्तारको पहल गरेका छन् । यी सिलसिला हेर्दा ओली आफूसंग फरक मत राख्नेहरुसंग नरम हुन थालेका हुन् कि भन्ने चर्चा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?