© २०२३
बुटवल, ११ भदौ ।
मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित भएको छ ।
उनको गत भदौ १ गते काठमाडौंमा निधन भएको हो । उक्त स्मृती पुस्तिकामा ५२ जना उनका समकालीन, सहकर्मी, पत्रकार, साथीभाई, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना भावनाहरू, अनुभूतिहरू र श्रद्धान्जली लेखहरु लेखेका छन् ।
बागलुङमा जन्मे–हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, बचनले नरम, व्यवहारले समाजसेवी, पेशाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर थिए ।
पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको कालापानी–लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली– “देवदह“ प्रतीको देन विर्सन नसकिने छन् ।
आजीवन “सादा जीवन, उच्च विचार“ दर्शनवाट प्रेरित उनका आत्म–संंस्मरणहरुको संगालो पुस्तक “झझल्काहरु“ प्रकाशित छ । दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो ।