© २०२३
काठमाण्डौ, ९ भदौ । सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शन गरेका छन् । शनिवार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा आन्दोलित भएका हुन् ।
शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको छ । हिन्दु धर्मावलम्वीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको रयाालीमा हजारौं सर्वसाधारण सहभागी छन् । धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको बिरोधमा आन्दोलन चर्किएको हो ।
हिन्दु धर्मावलम्वीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन् । एक धर्मावलम्वीहरुले अर्को धर्मावलम्वीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यतिबेला आन्दोलन चर्किंदै गएको छ ।
भिडियो सामग्री
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी