ट्रेंडिंग:

>> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
सम्पादकीय

कहिले जान्छ प्रदेश सरकारको ध्यान ?

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

नेपालमा गुरुयोजना अनुसार सुरु भएका काम निर्धारित मितिमै सम्पन्न भएको बिरलै होलान् । त्यसमध्येको लुम्बिनी गुरुयोजना पनि एक हो । सन. १९७८ मा सुरु भएको लुम्बिनी गुरुयोजना ४५ बर्ष हुँदापनि अझै पूरा भएको छैन । लुम्बिनीको नियती देशका अरू विकास आयोजनाले पनि भोगिरहेका छन । पछिल्लो प्रसंग हो– बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल गुरुयोजनाको । यद्यपि गुरुयोजना अनुसार अस्पतालको निर्माणको काम सुरु भएकै छैन । त्यसकारण यसलाई बीचमै लंगडो बनाउने काम सुरु भैसकेको छ । गुरुयोजना अनुसार अस्पताल निर्माण गर्ने प्रयोजनले खोलिएको टेण्डरमै करोडौंको कमिसनको विवादले गुरुयोजना अनुसारको काम नै सुरु हुन सकेन ।

कतै गुरुयोजना सुरु भएरपनि निर्धारित मितिमा काम सम्पन्न भएको छैन भने कतै गुरुयोजना सुरु गर्नै सकस परेको छ । त्यसमा अनेकन विवाद, कमिसन र नानाभाँती बिसंगतिको श्रृंखला देखिने गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशकै गौरवको आयोजना हो । यो अस्पतालसंग हजारौं प्रदेशबासीको जीवन र भविष्य जोडिएको छ । तर, यसलाई लथालिग बनाउने काम भैरहेको छ । गुरुयोजना बनेर हस्तान्तरण भएको पनि चार बर्ष पूरा भएको छ । बि.सं. २०७६ साल चैत ४ गते तत्कालिन प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम नेतृत्वको सरकारले सरकारलाई गुरुयोजना ‘कागज बनाएर’ बुझाएको थियो । तर गुरुयोजना बुझाएको चार बर्ष पूरा हुँदा पनि काम समेत अघि नबढ्नु गंभीर चिन्ताको कुरा हो । १४ अर्बको लागतमा बन्ने भनिएको गुरुयोजनाको अहिलेसम्म एक पैसाको काम भएको छैन । सुरुमै कमिसनको लोभमा प्रादेशिक अस्पताललाई ध्वस्त बनाउने काम भएको छ । स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा पनि कमिसनको प्रवृत्ति यसैगरी देखिने हो भने नेपालको विकास कसरी होला ? कहिले सुरु होला लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको काम ? यो प्रश्नको जवाफ अव प्रदेश सरकारले दिनुपर्छ । तसर्थ प्रदेश सरकारले गुरुयोजब्ना अनुसार अस्पतालको विकास गर्ने हो भने ढिलो नगरि गुरुयोजना अघि बढाउनेतर्फ तत्काल पहल गरोस् ।

लुम्बिनी प्रादेशिक अस्पताल गुरुयोजना अनुसार निर्माण हुने हो भने आगामी एक सय बर्षसम्मको विरामीको भार क्षमता थेग्न सक्छ । अस्पतालको संरचनाका लागि १४ अर्ब रूपैयाँ खर्च हुने अनुमान छ । त्यसैगरी मुख्य भवन १० तला बनाउने, अस्पतालको छतमा हेलिप्याड समेत बनाउने गरी १२ सय शैयाको अस्पताल बनाउने परिकल्पना गरिएको हो । तर, बिडम्वना यत्रो दूरगामी महत्व बोकेको यो अस्पताललाई ध्वस्त बनाउने काम भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका तत्कालीन प्रमुख र अहिलेका प्रमुख समेत अस्पतालको टेण्डर विवादमा मुछिएका छन । करोडौं कमिसनको चक्करमा हजारौं विरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने काम भएको छ । यो मानवताबिरुद्धको अपराध हो । यस्ता कुकृत्यमा मुछिएकालाई उन्मुक्ति दिइएको छ । यद्यपि काम सुरु नहुँदै कमिसनको चक्कर सार्वजनिक भएकोले अस्पताल निर्माणका लागि बिनियोजित रकम दुरूपयोग हुन पाएन । यो भने राम्रो पक्ष हो । गुरुयोजना अघि बढेको भए अहिलेसम्म अस्पतालको धेरै काम सम्पन्न हुनुपर्ने हो । भवनका केही संरचना निर्माण भैसक्नुपर्ने हो तर अहिलेसम्म पनि जग हाल्ने काम पनि भएको छैन । लुम्बिनी प्रदेश योजना आयोगले गुरुयोजना लुम्बिनी प्रदेश सरकारलाई बुझाएपनि त्यो गुरुयोजनाको फाईल अहिले कहाँ छ ? भन्ने विषयमा समेत प्रदेश सरकार अनभिज्ञ हुनु बिडम्वना बाहेक के हुनसक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?