© २०२३
बुटवल, ४ भदौ । प्रदेशको आन्तरिक आम्दानी बाट साधारण खर्च समेत धन्न मुस्कील भैरहेको लुम्बिनी प्रदेश सकरारले आन्तरिक आय ६ अर्व पु¥याउने महत्वकांक्षी लक्ष्य लिएको छ ।
विगत आर्थिक बर्ष भन्दा यस बर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त बैदिकले बताएका हुन । “हामीले यस बर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौं”, उनले भने –“त्यही अनुसार कसरत भइरहेको छ ।”
लुम्बिनीमा गएको आर्थिक बर्ष २०७९/०८० मा २ अर्ब ६० करोड ९५ हजार रूपैँया आम्दानी भएको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५०.१७ प्रतिशत मात्रै हो । तर, चालु आर्थिक बर्ष २०८०/०८१ मा आन्तरिक आम्दानी बृद्धि गरेर ६ अर्ब ७३ करोड ५१ लाख पु¥याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउँछन् । अनुसार लामो समय नवीकरण नगरेका सवारी साधनहरूलाई कर छुट गरेर भएपनि करको दायरामा ल्याउन लागिएकोछ । जसबाट सवा एक अर्बले राजश्व बद्धि हुने अपेक्षा गरिएको उनले बताए । त्यस्तै बन क्षेत्रको खोला खोल्सी ब्यबस्थापनबाट ७५ लाख क्यूविकफिट बन पैदवार र नदीजन्य पदार्थ संकलन गरि साढे एक अर्बले बृद्धि हुने लक्ष्य लिईएको छ ।
गएको आर्थिक बर्षमा बनबाट १४ करोड ६० लाख र सवारीबाट एक अर्ब ५५ करोड मात्रै आम्दानी भएको थियो । अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिष्ट्रेशन शूल्क, विज्ञापन कर, मनोरञ्जन कर, कृषि आयमा कर, पर्यटन शूल्क, प्राकृतिक स्रोतको संकलन तथा विक्री शूल्क, वातावरण तथा औद्योगिकरण ब्यबस्थापन दस्तुर, राजश्वको बाँडफाँट र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यबसाय सम्बन्धी बिशेष व्यबस्थापनलगायतबाट प्रदेश सरकारले आम्दानी लिँदै आएको अर्थमन्त्रीकार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।