ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

बर्दघाटको पूर्णभद्र माविमा अभिभावकद्वारा तालाबन्दी, प्रधानाध्यापक माओवादीको बैठकमा

३ भाद्र २०८०, आईतवार
३ भाद्र २०८०, आईतवार

सुनवल, ३ भदौ ।

पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको राजा महात्मा पूर्णभद्र माविमा अभिभावकहरुले तालाबन्दी गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको राजीनामा माग गर्दै विद्यालयको प्रशासन शाखामा तालाबन्दी गरेको अभिभावकहरुको भनाई छ ।

विद्यालयमा लामो समयदेखि शैक्षिक, प्रशासनिक र आर्थिक सुशासनको विषयमा प्रश्न खडा हँुदै आएपनि विद्यालय व्यवस्थापन समिति गैरजिम्मेवार रुपमा प्रस्तुत भएको र विद्यालयको शैक्षिक अवस्था ध्वस्त हँुदै गएकाले तालाबन्दी गर्नुपरेको अभिभावक बाबु सुनारले बताए । “विद्यालयको शैक्षिक स्थिति खस्कँदै गएको छ, विद्यार्थी सङ्ख्या पनि ह्वात्तै घट्यो”–सुनारले भने । विद्यालयमा शिक्षकको अभावमा पठनपाठन प्रभावित भएपनि प्रधानाध्यापक गम्भीर नहँुदा बालबालिकाको भविष्य नै संकटमा परेको उनले बताए । ‘बोर्डिङ्ग स्कुलबाट विद्यार्थी ल्याएर विद्यालय राम्रो छ भन्दै सामुदायिकमा भर्ना गरियो, अहिले शैक्षिक अवस्था ध्वस्त छ”, ताला लगाउन पुगेका सुनारले सुनाए ।

तालाबन्दीपछि अभिभावकद्वारा जारी विज्ञप्तीमा विद्यालयमा विद्यार्थी सङख्या १४ सयबाट घटेर सात सय भएको, कक्षा ११ र १२ मा विद्यार्थी सङ्ख्या अत्यन्तै न्युन हुँदा बन्द हुने अवस्थामा पुगेको, विद्यालयको नतीजा लाजमर्दो भएको, विद्यालय लाखौँ ऋणमा डुबेको लगायतका कारण देखाउँदै अनिश्चितकालीन तालाबन्दी गरिएको उल्लेख छ । वडाअध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा बसेर विद्यालयको यो अवस्था बनाएको भन्दै तत्कालै वर्तमान समिति विघटन गरी नयाँ व्यवस्थापन समिति पुनर्गठन गर्न अभिभावकहरुको माग छ ।

अभिभावकको भेलाबाट शिक्षक अभिभावक संघ गठनका लागि उम्मेदवारी दर्ता गराईएको भएता पनि हाल सम्म उक्त समिति गठन नभएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । यसैगरी विद्यालयमा भएको आर्थिक अनियमितताबारे पनि तत्काल छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न अभिभावकहरुले माग गरेका छन् । उक्त विद्यालयमा लामो समयदेखि आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

विद्यालयको तत्कालीन अवस्थामा निर्माण समितिका संयोजक रहेका कृष्ण गिरीले विद्यालयमा लाखाँैको अनियमितता भएको भएपनि यथेष्ठ छानविन हुन नसकेको बताए । आफ्नो हस्ताक्षर समेत दुरुपयोग गरेर एक करोड बढी रकम दुरुपयोग भएको उनको दाबी छ । विद्यालयका प्रधानाध्यापकले आफुलाई अख्तियारमा बयान दिने क्रममा विद्यालयको बचाउ गरेर दबाब समेत दिएको र हिसाब किताबको विवरण हेर्न नदिएको गिरीको भनाई छ ।

सो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाई छन् । अभिभावहरुले प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षको मिलेमतोमा आर्थिक अनियमितता गरी विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त बनाएको आरोप लगाएका छन् ।

यसैबीच आइतबार विद्यालयमा तालाबन्दी भइरहँदा विद्यालयका प्रधानाध्यापक पुष्पराज अधिकारी भने परासीमा नेकपा माओवादी केन्द्रको कार्यक्रममा सहभागी थिए । माओवादी केन्द्रको जनतासँंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नवलपरासी पश्चिमको जिल्ला समन्वय समितिको बैठकमा विद्यालय नै छाडेर प्रधानाध्यापक अधिकारीले सहभागिता जनाएका हुन् । यस विषयमा जिज्ञासा राख्दा उनले आफु शिक्षक संगठनको अध्यक्ष भएकाले शिक्षकहरुका समस्याका विषयमा जानकारी गराउन मात्र उपस्थित भएको तर्क गरे ।

कार्यक्रममा सहभागी भएको स्वीकार गर्दै प्रधानाध्यापक अधिकारीले पार्टी अभियानमा नभई शिक्षकहरुका कुरा राख्न गएको दाबी गरे । तपाईको समस्या कुनै पार्टीको रुपान्तरण अभियानको बैठकमा राखेर समाधान हुन्छ त ? भन्ने जिज्ञासामा अधिकारीले पार्टीको पनि भूमिका हुने भएकाले आफुले कुरा राख्न बैठकमा गएको तर कुनै पार्टीमा आवद्ध नरहेको जिकिर गरे ।

विद्यालयमा आर्थिक पारदर्शीता कायम हुन नसकेको भन्दै बर्दघाट नगरपालिकाले ताकेता गरेपनि विद्यालय प्रशासनले सुनुवाई गरेको छैन । विद्यालयले सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम समाजिक परीक्षण गरी पहिलो चौमासिकभित्र स्थानीय तहमा उपलब्ध गराउनुपर्ने र शिक्षा नियमावलीको नियम १७१ बमोजिम विद्यालयले अधिकार प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई सो को प्रतिवेदन स्थानीय तहमा उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि विद्यालयले आर्थिक वर्ष २०७८÷०७९ को समाजिक परीक्षण र लेखा परीक्षण प्रतिवेदन नगरपालिकामा बुझाएको छैन । नगरपालिकाले साउन २९ गते नियमानुसार शिक्षक अभिभावक संघ गठन गरी विद्यालयको समाजिक परीक्षण तथा लेखा परीक्षण गराई १५ दिन भित्र प्रतिवेदन पेश नगरे प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सहितको पत्र विद्यालयलाई काटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?