© २०२३
बुटवल, ३ भदौ। नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नं ६ ले विरामीलाई फलफुल बितरण गरेको छ । आईतबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका नगर कमिटिका अध्यक्ष किशन ज्ञवाली, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, नगरका सचिव मेघराज भट्टराई, उपाध्यक्ष शोभाखर पोखरेल, वडा नं ६ का ईन्चार्ज दिपक अधिकारीले फलफुल बितरण गरेका थिए ।
कार्यक्रममा नगर कमिटिका अध्यक्ष किशन ज्ञवालीले जनतासंग जोडिने अभियानका रुपमा वडास्तरमा कार्यक्रम बनाएर लागेको बताए । प्रत्येक महिना जनतासंग जोडिने गरि कार्यक्रमहरु वडास्तरमा चलाउने योजना अनुसार आईतबार फलफुल तथा जुस बितरण गरिएको उनले बताए । राजनितिक दलका नेताहरु निर्वाचनको समयमा मात्र घरदैलो गर्छन भन्ने मानसिकतालाई चिर्ने गरि आम नागरिकको समस्या बुझ्ने गरि वर्षभरि नै कार्यक्रम बनाएको उनले दाबी गरे ।
कार्यक्रममा वडा अध्यक्ष राजकुमार भट्टराईले समाजसंग राजनीति जोडिएको भन्दै यहाका मुद्यालाई उठाउने रुपमा कार्यक्रम गर्न जरुरी रहेको बताए । विगतमा समेत वृक्षारोपण, स्वस्थ शिविर कार्यक्रम गरेको उनले दाबी गरे । कार्यक्रममा स्थानीय शंकर पोखरेल, दिल बहादुर बानिया, रिम कुमारी श्रेष्ठ, गायत्रीबाट सहयोग भएको उनले बताए ।